काठमाडौं । नेपाल र भारतबीच सीमा समस्या व्यवस्थापन कार्यलाई छिटो सम्पन्न गर्ने जनाएको छ ।
नयाँ दिल्लीमा शुक्रबार भएको दुवै मुलुकका परराष्ट्रमन्त्री सहभागी नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकले सीमा व्यवस्थापन कार्यलाई छिटो सम्पन्न गर्ने प्रतिबद्धता जनाएको हो।
नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमा व्यवस्थापनका बाँकी कामलाई छिटो टुंग्याउने सहमति जुटेको छ । ‘बैठकमा सीमाका विषयमा छलफल भयो र सीमा व्यवस्थापनमा बाँकी रहेका कामहरू छिटो सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ’, बैठकपछि नयाँ दिल्लीस्थित नेपाली राजदूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा लेखिएको छ।
नेपालले बैठकमा सीमासम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाएको थियो। नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमिलाई लिएर पछिल्लो समय सम्बन्ध चिसिएको थियो।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech