काठमाडौं । राजनीतिक विश्लेषक सिके लालले तेस्रो जनआन्दोलनको विकल्प नरहेको बताएका छन् ।
आइतबार एक भिडियो सन्देशमार्फत सिके लालले राज्यका सबै अंग निष्प्रभावी बनेको बताउँदै यस्तो बताएका हुन् । उनले तेस्रो जन आन्दोलनको विकल्प नभएको भन्दै आम नागरिक समुदायलाई प्रतिगमनविरूद्ध खरो उभिन आग्रह गरेका छन् ।
नयाँ शिरामा आन्दोलन हुनुपर्ने विचार राखेका सिके लालले आजको राजनीतिक अवस्था कसरी सिर्जना भयो भन्नेबारे २०६२/६३ पछिका सबै घटनाक्रम र नेपालको संविधान २०७२ लाई पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।
विश्लेषक सिके लालले आन्दोलनको आवश्यकता मात्र हैन, यसका जोखिमहरुको पनि विश्लेषण गरेका छन् ।
तपाईको प्रतिक्रिया