Monday, July 14, 2025
Kantipur Sandesh
Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
TRENDING
युरोपा टुँडिखेल सेना उपचार बिरामी सुन गायब महासप्तमी मर्डर दशैं क्लिन फिड
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
kantipur-sandesh-kantipursandesh-News-logo
No Result
View All Result

भारत कोरोनाः विश्वको सबैभन्दा ठूलो खोप अभियानको पहिलो दिन झन्डै दुई लाखलाई खोप


भारत कोरोनाः विश्वको सबैभन्दा ठूलो खोप अभियानको पहिलो दिन झन्डै दुई लाखलाई खोप

भारतका एक सरसफाइ कर्मचारीलाई दिएर सुरु गरिएको संसारकै सबैभन्दा ठूलो खोप अभियानको पहिलो दिन एक लाख ९१ हजारभन्दा बढी व्यक्तिलाई कोरोनाभाइरसको खोप दिइएको स्वास्थ्य मन्त्रालयले बताएको छ।

कोभ्याक्सिन र कोभिशील्ड दुवै खोप दिइएको पहिलो दिन ३,३५१ खोप केन्द्र सञ्चालनमा थिए। भारतीय स्वास्थ्य मन्त्रालयले खोपपछि कसैलाई पनि अस्पताल भर्ना गर्न नपरेको दाबी गरेको छ। नयाँ दिल्लीमा भने केही व्यक्तिले एलर्जीको लक्षण देखिएको बताएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले एक अर्ब २० करोड भारतीयलाई खोप दिने लक्ष्य राखिएको कार्यक्रमको प्रशंसा गरेका छन्। उनले पहिलो चरणमा खोप प्राप्त गर्ने अग्र मोर्चाका कर्मचारीहरूको पनि प्रशंसा गरेका छन्। भारतमा अमेरिकापछि सबैभन्दा बढी कोरोनाभाइरस सङ्क्रमण भएको छ।

‘हामी संसारकै सबैभन्दा ठूलो खोप अभियान सुरु गरिरहेका छौँ र यसले विश्वलाई हाम्रो क्षमता देखाउने छ’ शनिवार बिहान राष्ट्रको नाममा सम्बोधन गर्दै मोदीले भने। उनले मोबाइल एपको प्रयोगले कोही पनि नछुट्ने गरी भारतीय जनसङ्ख्यालाई खोप लगाउन तयार भएको बताए। मोदीले खोपका सुरक्षाका बारेमा फैलिएका मिथ्या सूचनालाई विश्वास नगर्न पनि अनुरोध गरे। भारतमा पहिलो चरणमा लगभग एक करोड स्वास्थ्यकर्मीलाई खोप लगाइने छ। त्यसपछि प्रहरी, सेना, नगरपालिका र अन्य स्थानका अग्र मोर्चामा खटिएका कर्मचारीको पालो आउने छ।

त्यसपछि ५० वर्षभन्दा माथिका र अन्य रोग भएका ५० वर्षभन्दा मुनिका व्यक्तिहरूलाई खोप दिइने छ। मतदाता नामावलीलाई आधार बनाएर खोप दिन थालिएको बताइएको छ। भारतको सरकारले अगस्तको मध्यसम्ममा ३० करोडलाई खोप दिने लक्ष्य लिएको छ। खोप केन्द्रहरू स्वास्थ्य चौकीहरू, विद्यालय, कलेज, सार्वजनिक भवन, नगरपालिका कार्यालय र पार्टी प्यालेसमा राखिने छन्। दिल्लीको म्याक्स अस्पतालमा खोप लिएर डा अतुल पिटर्सले भनेस् ‘यो ठूलो दिन हो। यो दिन सम्भव बनाउन काम गर्ने सबैप्रति म कृतज्ञ छु। आज बिहान सूचीमा मेरो नाम भएको फोन आउँदा म ज्यादै खुसी थिएँ।’

‘महामारीमा हामीले जीवन रक्षा गर्न कडा परिश्रम गर्‍यौँ र हामी अहिले पहिलो चरणमा यो खोप लिएर खोप सुरक्षित नभएको भन्ने हल्ला मिथ्या भएको प्रमाणित गर्दै छौँ।’ भारतको नियामक संस्थाले अक्सफर्ड विश्वविद्यालयले बनाएको खोपको स्थानीय उत्पादन कोभिशील्ड र भारत बायोटेकको कोभ्याक्सिनलाई अनुमति दिएको छ। कोभ्याक्सिनलाई हतारमा तेस्रो चरणको परीक्षण समाप्त नहुँदै अनुमति दिइएको भनेर केहीले प्रश्न उठाएका छन्। तर उत्पादक र नियामकले खोप सुरक्षित भएको र परीक्षणको नतिजा फेब्रुअरीमा उपलब्ध हुने बताएका छन्। दुवै खोप २८ दिनको फरकमा दुई मात्रामा दिइने छ। दोस्रो मात्रा दिइएको १४ दिनपछि रोग प्रतिरोधी क्षमता पूर्ण अवस्थामा पुग्ने बताइएको छ।-बीबीसी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन
banner News

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

अशोज २, २०८१, २:०७ PM
कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन
banner News

कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

भदौ १५, २०८१, २:४५ PM
‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’
banner News

‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

भदौ १५, २०८१, २:२१ PM
बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी
banner News

बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

भदौ १५, २०८१, ९:४३ AM
नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या
banner News

नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

भदौ १५, २०८१, १२:०० AM
कन्चनरुप नगरपालिकामा तालिम शिक्षालयको उद्घाटन
banner News

कन्चनरुप नगरपालिकामा तालिम शिक्षालयको उद्घाटन

भदौ १५, २०८१, १२:०० AM

ताजा समाचार

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

10 months पहिले
सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

10 months पहिले
कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

11 months पहिले
‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

11 months पहिले
बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

11 months पहिले
नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

11 months पहिले

               हामी पूर्णत:कानुनी छौं                 
 सुचना विभाग दर्ता नं. :   २४१८/ ०७७-७८
कम्पनी रजिष्ट्रार दर्ता नं. : २४७०५७/०७७/०७८
राजस्व विभाग (PAN) : ६०९८४७९३८

हाम्रो बारेमा

तपेश्वरी मिडीया ग्रुप प्रा.लि.द्वारासञ्चालित
कान्तिपुर संदेश डटकम अनलाइन
ठेगाना: सप्तकोशी न.पा.-२, सप्तरी
फोन: +९७७-९८१३१८४४५४
ईमेल: kantipursandesh2@gmail.com
वेब : www.kantipursandesh.com

अध्यक्ष तथा सञ्चालकः राम नारायण राउत

हाम्रो टीम

सम्पादकः किरण कुमार चौधरी

व्यवस्थापकः सगिन्ता फतेपुरिया

समाचारका लागिः ९८१३१८४४५४

विज्ञापनका लागिः ९८४९४१५१५७

डेक्सः रेनुका चौधरी, विनिता चौधरी 

महिनारायण राउत, रबिना चौधरी

© 2020 Kantipur Sandesh

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि