काठमाडौं । नेकपाको प्रचण्ड समूह निर्वाचन आयोग पुगेको छ ।
३ सय १५ जना केन्द्रीय सदस्यको हस्ताक्षर लिएर नेकपाको प्रचण्ड समूहका नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।
नेकपाको निर्वाचन आयोगमा कुल ४ सय ४१ केन्द्रीय सदस्य दर्तामा रहेको छ । पार्टीमा भने ४ सय ४७ मौजुदा केन्द्रीय सदस्य रहेको तथ्यांक छ ।
हाल रहेको कमिटी सदस्यमध्ये प्रचण्ड पक्षमा दुई तिहाई रहेको देखिन्छ । प्रचण्ड र माधव पक्षबीच जोड्दा नेकपाभित्र उनीहरुकै बहुमत थियो । यही बुझेर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले हिजो केन्द्रीय कमिटी विस्तार गरी ११ सय ९९ पुर्याएका थिए ।
जसमध्ये ५ सय ५६ जनालाई हिजो नै केन्द्रीय सदस्य बनाएर सपथ गराएका थिए । तर, ओलीको निर्णयलाई प्रचण्ड समूहले अवैधानिक भनेको छ ।
तपाईको प्रतिक्रिया