चितवन। केटिएम हस्पिटालिटीको ‘द फरेष्ट फ्रन्ट’ नामक होटलको शिलन्यास गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले सन् २०२२ मा नेपालमा पर्यटकको सङ्ख्या निकै बढ्ने बताएका छन् ।
रत्ननगर नगरपालिका–५ जनकौलीमा निर्माण हुन लागेको केटिएम हस्पिटालिटीको ‘द फरेष्ट फ्रन्ट’ नामक होटलको आज शिलन्यास गर्दै मन्त्री भट्टराईले
यस्तो बताएका हुन् । उनले विगतका वर्षको भन्दाबढी पर्यटक एक वर्षपछि नेपालमा आउने बताए ।
मन्त्री भट्टराईले लामो समय घरमा रहनुपरेकाले कोरोना सङ्क्रमण अन्त्यसँगै विदेशी पर्यटक बढ्ने उल्लेख गरे । उनले भने “सन् २०२० को अन्त्यमा आउँदा पर्यटन क्षेत्र ब्युतिएको छ, सन् २०२१ को मध्यमा उठ्छ र अन्त्यमा दौडन्छ ।”
तपाईको प्रतिक्रिया