Sunday, September 24, 2023
Kantipur Sandesh
Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
TRENDING
युरोपा टुँडिखेल सेना उपचार बिरामी सुन गायब महासप्तमी मर्डर दशैं क्लिन फिड
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
kantipur-sandesh-kantipursandesh-News-logo
No Result
View All Result

राष्ट्रियसभाको बैठकमा बाढी, पहिरोदेखि वर्तमान राजनीति बेथितिसम्मका कुरा


राष्ट्रियसभाको बैठकमा बाढी, पहिरोदेखि वर्तमान राजनीति बेथितिसम्मका कुरा

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा मुलुकमा बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षति, कोभिड–१९ को खोप अभाव, अतिक्रमणमा परेको नेपाली भूमि फिर्ता र वर्तमान राजनीति स्थिति एवं निर्वाचनको विषयमा केन्द्रित गरी आवाज मुखरित गरिएको छ ।

बैठकमा भाग लिने सदस्यले मुलुक सङ्घीयतामा प्रवेश गरिसके पनि संविधानको मर्म र भावनाअनुरुप प्रदेश र स्थानीय तहलाई अधिकार नदिएको तथा दलित समुदायसँग जोडिएको घटनामा सरकारकै मन्त्रीबाट गैरजिम्मेवार क्रियाकलाप भएको भनी आलोचना गरे ।

जनता समाज पार्टीका शेखर सिंहले बाढी, पहिरो र डुबानमा परेका जनतालाई सहयोगका लागि आह्वान गरे । सोही पार्टीका उदया शर्मा पौडेलले ढुङ्गा, गिटी र बालुवाको अवैध उत्खनन, विस्तृत परियोजना प्रतिवेदनबिना अन्धाधुन्धरुपमा खनिएका सडकका कारण वर्षेनी बाढी, पहिराका घटनाबाट ठूलो धनजनको क्षति भएका जनाउँदै आगामी दिनमा विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी योजना बनाउनुपर्ने आवश्यकता औँल्याए । सोही दलका विमला राई पौडेलले आम जनताले सङ्घीयताको अनुभूति गर्ने ढङ्गबाट अपाङ्गता भएका र अशक्त ज्येष्ठ नागरिकलाई घरदैलोमै पुगेर कोरोनाको खोप दिने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे ।

सांसद डा खिमलाल देवकोटाले इमान्दार र सत्य निष्ठामा बसेनौँ भने संविधानको संरक्षण र सम्बद्र्धन हुन नसक्ने बताउँदै अतिक्रमणमा परेको नेपाली भूमि फिर्ता गर्नमा सरकारको प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए।

नेकपा (एमाले)का रामलखन चमारले राष्ट्रिय दलित आयोगमा संविधानको मर्म र भावनाअनुसार समानुपातिक र समावेसी सिद्धान्त विपरीत नियुक्ति भएकाले सच्याउन माग गरे । उनले भने, “शक्ति पृथकीकरणको सिद्धान्तलाई बेवास्ता गर्दै राजनीतिक दलबाटै न्यायपालिकामाथि हस्तक्षेपको प्रयास भएको छ, अहिलेको राजनीतिक निकास प्रतिनिधिसभाबाट पुनः स्थापनाबाट सम्भव छैन, निर्वाचनबाट मात्रै समस्या समाधान हुन सक्छ ।”

नेपाली कांग्रेसका दृगनारायण पाण्डेयले गणतन्त्र र सङ्घीयता विरोधमा उठेको आवाजलाई निस्तेज तुल्याउन लोकतान्त्र र गणतन्त्रवादी पक्षधरबीच एकता र राष्ट्रिय सहमति हुन आवश्यक छ भने । नेकपा (माओवादी केन्द्र)का खिमकुमार विकले संविधानमा भएको व्यवस्था र सरकारले चालेका कदमकोे विश्लेषण हुनुपर्छ, राजधानीको मुटुमा दलित समुदायलाई अपमान हुने गरेको उल्लेख गरे ।

नेकपा(एमाले)की कोमल ओलीले विगतमा कमीकमजोरीसँग जोडेर वर्तमान सरकारको मूल्याङ्कन गर्ने र दोष लगाउन उचित नहुने धारणा राखे । उनले भने, “विगतमा राजनीतिक दम्भका कारण माओवादीबाट धेरै जनताको ज्यान गएको र धेरै सम्पत्ति नष्ट भएको थियो, अब पनि पद प्रतिष्ठा र पैसाका लागि जे पनि गर्ने सोच संसदीय र प्रजातन्त्र विपरीत छ । आफू पनि केही नगर्ने अर्कालाई पनि काम गर्न नदिने प्रवृत्ति गलत छ, यसलाई रोक्नुपर्छ । सोही पार्टीका चक्रप्रसाद स्नेहीले डडेलधुराको परशुराम नगरपालिकास्थित आधारभूत स्वास्थ्य चौकीकी सहयोगी २६ वर्षीया अस्मिता धामीको मृत्युबारे निष्पक्ष छानबिनका लागि माग गरे ।-रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

उपेन्द्र यादवलाई पुनः पराजित गर्न सिके राउत उर्तिए मैदानमा, उपेन्द्र संकटमा !
banner News

उपेन्द्र यादवलाई पुनः पराजित गर्न सिके राउत उर्तिए मैदानमा, उपेन्द्र संकटमा !

चैत्र ९, २०७९, ३:३७ PM
घुस रकमसहित वडा अध्यक्ष र सचिव पक्राउ
banner News

घुस रकमसहित वडा अध्यक्ष र सचिव पक्राउ

चैत्र ९, २०७९, २:३३ PM
जनमत पार्टीको समानुपातिक कोटाबाट संघीय संसद बन्न सफल “अब्दुल खानं”को हुन् ?
banner News

जनमत पार्टीको समानुपातिक कोटाबाट संघीय संसद बन्न सफल “अब्दुल खानं”को हुन् ?

मंसिर २५, २०७९, ९:५७ AM
जनमत पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यमा मो अब्दुल खानसहित ५ जना चयन
banner News

जनमत पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यमा मो अब्दुल खानसहित ५ जना चयन

मंसिर २२, २०७९, ११:०८ PM
मधेस प्रदेश सभा सदस्यमा भाग्यश्री चौधरीसहित ७ जना चयन
banner News

मधेस प्रदेश सभा सदस्यमा भाग्यश्री चौधरीसहित ७ जना चयन

मंसिर २२, २०७९, १०:४८ PM
मधेस प्रदेश सभा सदस्यमा ई. बसन्त कुमार कुसवाहासहित ७ जना चयन
banner News

मधेस प्रदेश सभा सदस्यमा ई. बसन्त कुमार कुसवाहासहित ७ जना चयन

मंसिर २२, २०७९, १०:४१ PM

ताजा समाचार

उपेन्द्र यादवलाई पुनः पराजित गर्न सिके राउत उर्तिए मैदानमा, उपेन्द्र संकटमा !

उपेन्द्र यादवलाई पुनः पराजित गर्न सिके राउत उर्तिए मैदानमा, उपेन्द्र संकटमा !

6 months पहिले
घुस रकमसहित वडा अध्यक्ष र सचिव पक्राउ

घुस रकमसहित वडा अध्यक्ष र सचिव पक्राउ

6 months पहिले
राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता यस्तो छः

राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता यस्तो छः

7 months पहिले
विकासको पूर्वाधारमा कमसल सामग्री प्रयोग हुँदै आएको गुनासो

विकासको पूर्वाधारमा कमसल सामग्री प्रयोग हुँदै आएको गुनासो

7 months पहिले
टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु

टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु

7 months पहिले
जनमत पार्टीको समानुपातिक कोटाबाट संघीय संसद बन्न सफल “अब्दुल खानं”को हुन् ?

जनमत पार्टीको समानुपातिक कोटाबाट संघीय संसद बन्न सफल “अब्दुल खानं”को हुन् ?

10 months पहिले

               हामी पूर्णत:कानुनी छौं                 
 सुचना विभाग दर्ता नं. :   २४१८/ ०७७-७८
कम्पनी रजिष्ट्रार दर्ता नं. : २४७०५७/०७७/०७८
राजस्व विभाग (PAN) : ६०९८४७९३८

हाम्रो बारेमा

तपेश्वरी मिडीया ग्रुप प्रा.लि.द्वारासञ्चालित
कान्तिपुर संदेश डटकम अनलाइन
ठेगाना: सप्तकोशी न.पा.-२, सप्तरी
फोन: +९७७-९८१३१८४४५४
ईमेल: [email protected]
वेब : www.kantipursandesh.com

अध्यक्ष तथा सञ्चालकः राम नारायण राउत

हाम्रो टीम

सम्पादकः किरण कुमार चौधरी

व्यवस्थापकः सगिन्ता फतेपुरिया

समाचारका लागिः ९८१३१८४४५४

विज्ञापनका लागिः ९८४९४१५१५७

डेक्सः रेनुका चौधरी, विनिता चौधरी 

महिनारायण राउत, रबिना चौधरी

© 2020 Kantipur Sandesh

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि