काठमाडौं । सरकारी अस्पतालमा पत्रकारको निःशुल्क उपचार हुने भएको छ ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिएका हुन् ।
नेपाल पत्रकार महासंघको सदस्य भएका र सूचना विभागको परिचयपत्र लिएका पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार हुने भएको अर्थमन्त्री पौडेलले जनाएको छ ।
श्रमजीवी पत्रकारका लागि ७ लाखसम्मको दुर्घटना बीमा गर्ने भएको छ भने बीमा शुल्क सरकारले तिर्ने भएको छ ।
तपाईको प्रतिक्रिया