Monday, December 4, 2023
Kantipur Sandesh
Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
TRENDING
युरोपा टुँडिखेल सेना उपचार बिरामी सुन गायब महासप्तमी मर्डर दशैं क्लिन फिड
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
kantipur-sandesh-kantipursandesh-News-logo
No Result
View All Result

स्थानियको सहमति जुटे मस्र्याङ्दी–काठमाडौँ डबल सर्किट विद्युत प्रसारण लाइन तीन महिनामै तयार हुने


स्थानियको सहमति जुटे मस्र्याङ्दी–काठमाडौँ डबल सर्किट विद्युत प्रसारण लाइन तीन महिनामै तयार  हुने

सप्तरी (फत्तेपुर) । काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिलाई दिगो र स्थिर बनाउने गरी नेपाल विद्युत् प्राधिकरणले बनाइरहेको मस्र्याङ्दी–काठमाडौँ डबल सर्किट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ ।

धादिङको सिद्धिलेक गाउँपालिकामा गाड्नुपर्ने दुईवटा टावर र चार किलोमिटर तार जडानको कामबाहेक सबै काम सकिएको हो ।लोड सेन्टरका रूपमा रहेको काठमाडौँ उपत्यकामा विद्युत् आपूर्ति गर्ने प्रमुख प्रसारण लाइनका रूपमा यो प्रसारण लाइन चार वर्षपहिले बनाउन थालिएको थियो । उपत्यकामा हाल त्रिशूली, कुलेखानी र लामोसाँघुदेखि विद्युत् आपूर्ति हुँदै आएको छ । कुल १२० तथा १३२ केभी क्षमताका यी प्रसारण लाइनका अतिरिक्त २२० केभी प्रसारण लाइन मार्फत बिजुली ल्याउन यो प्रसारण लाइन बनाउन थालिएको हो ।

प्रसारण लाइन सुरु हुने तनहुँको मार्कीचोकमा रहेको सबस्टेसनमा विभिन्न निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् ल्याइने छ । त्यस्तै मनाङदेखिकै मस्र्याङ्दी नदीमा बनेका जलविद्युत आयोजनाबाट उत्पादन हुने बिजुली मस्र्याङ्दी करिडोर प्रसारण लाइन हुँदै भरतपुरसम्म ल्याउन लागिएको छ । सो करिडोरको विद्युत पनि उपत्यकामा ल्याउन यो प्रसारण लाइन बनाउन लागिएको हो ।

यो प्रसारण लाइनबाट ल्याइएको बिजुली काठमाडौँको मातातीर्थमा बनाइएको सबस्टेसनमा जोडिने छ । त्यहीँबाट उपत्यकाका वितरण लाइनहरूमा पठाइने छ । मस्र्याङ्दी र मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाबाट उत्पादित ७०/७० मेगावाटका साथै अन्य साना र निर्माण चरणमा रहेका आयोजनाबाट उत्पादित विद्युत ल्याउन यो प्रसारण लाइन अपरिहार्य मानिएको छ ।

हाल १२० केभी प्रसारण लाइन मार्फत मस्र्याङ्दी नदी बेसिनबाट उत्पादित विद्युत् उपत्यकामा आइरहेको छ । कम क्षमताको प्रसारण लाइनका कारण उपत्यकाको विद्युत प्रणाली भरपर्दो हुन सकेको छैन । कुल ८२ किलोमिटर लामो यो प्रसारण लाइनमा २३१ टावर बन्नेछन् । पीपलटारमा स्थानीयको अवरोधका कारण दुईवटा टावर निर्माणको काम रोकिएको छ ।

प्रसारण लाइन अन्तर्गत ७८ किलोमिटर तार पनि तानिसकिएको छ । कुल २२० केभी क्षमताको यो प्रसारण लाइनबाट एक हजार मेगावाटसम्म विद्युत ल्याउन सकिने भएकाले यसलाई सरकारले पनि महìवका साथ हेर्दै आएको छ । नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भने, “उपत्यकाको विद्युत् प्रणाली भरपर्दो बनाउन यो प्रसारण लाइन जति सक्दो छिटो बन्नुपर्छ, निर्माणमा देखिएको अवरोध हटाउन ऊर्जा मन्त्रालय आफैँ अग्रसर भएकाले छिट्टै प्रसारण लाइन निर्माण सम्पन्न हुने अपेक्षामा छौँ ।”

सिद्धिलेक गाउँपालिका पीपलटारका स्थानीयले टावर प्रस्तावित स्थानबाट स्थानान्तरण गर्नुपर्ने भन्दै निर्माणमा अवरोध गरिरहेका छन् । सोही अवरोधका कारण १८ महिनादेखि निर्माणको काम रोकिँदै आएको छ । प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय प्रमुख मनोज सिलवालका अनुसार स्थानीयसँग सहमति भएर निर्माण थाल्न पाएमा तीन महिनाभित्र सबै काम सकिने छ ।

उनले भने, “हामीलाई काम गर्ने वातावरण मिल्यो भने तीन महिनाभित्र प्रसारण लाइन बनाई सक्छौँ । स्थानीयवासी, जनप्रतिनिधिदेखि ऊर्जामन्त्री समेतले आयोजनाका लागि सकारात्मक चासो दिएकोले समाधान छिट्टै निस्कने छ ।” एसियाली विकास बैङ्क (एडीबी)को सासेक पावर सिस्टम एक्स्पान्सन प्रोजेक्ट अन्तर्गत सहुलियतपूर्ण ऋणमा यो प्रसारण लाइन बनाउन लागिएको हो । प्रसारण लाइन निर्माणका लागि मुआब्जाबाहेक दुई अर्ब ५० करोड रुपियाँ खर्च लाग्ने सिलवालले जानकारी दिए। गोरखापत्रबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

श्रद्धा भक्तिपूर्वक धनधान्यकी देवी लक्ष्मी माताको बिशेष पूजा आराधना गरि मनाइँदै
banner News

श्रद्धा भक्तिपूर्वक धनधान्यकी देवी लक्ष्मी माताको बिशेष पूजा आराधना गरि मनाइँदै

कार्तिक २६, २०८०, ११:४२ AM
उपेन्द्र यादवलाई पुनः पराजित गर्न सिके राउत उर्तिए मैदानमा, उपेन्द्र संकटमा !
banner News

उपेन्द्र यादवलाई पुनः पराजित गर्न सिके राउत उर्तिए मैदानमा, उपेन्द्र संकटमा !

चैत्र ९, २०७९, ३:३७ PM
घुस रकमसहित वडा अध्यक्ष र सचिव पक्राउ
banner News

घुस रकमसहित वडा अध्यक्ष र सचिव पक्राउ

चैत्र ९, २०७९, २:३३ PM
जनमत पार्टीको समानुपातिक कोटाबाट संघीय संसद बन्न सफल “अब्दुल खानं”को हुन् ?
banner News

जनमत पार्टीको समानुपातिक कोटाबाट संघीय संसद बन्न सफल “अब्दुल खानं”को हुन् ?

मंसिर २५, २०७९, ९:५७ AM
जनमत पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यमा मो अब्दुल खानसहित ५ जना चयन
banner News

जनमत पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यमा मो अब्दुल खानसहित ५ जना चयन

मंसिर २२, २०७९, ११:०८ PM
मधेस प्रदेश सभा सदस्यमा भाग्यश्री चौधरीसहित ७ जना चयन
banner News

मधेस प्रदेश सभा सदस्यमा भाग्यश्री चौधरीसहित ७ जना चयन

मंसिर २२, २०७९, १०:४८ PM

ताजा समाचार

श्रद्धा भक्तिपूर्वक धनधान्यकी देवी लक्ष्मी माताको बिशेष पूजा आराधना गरि मनाइँदै

श्रद्धा भक्तिपूर्वक धनधान्यकी देवी लक्ष्मी माताको बिशेष पूजा आराधना गरि मनाइँदै

3 weeks पहिले
उपेन्द्र यादवलाई पुनः पराजित गर्न सिके राउत उर्तिए मैदानमा, उपेन्द्र संकटमा !

उपेन्द्र यादवलाई पुनः पराजित गर्न सिके राउत उर्तिए मैदानमा, उपेन्द्र संकटमा !

9 months पहिले
घुस रकमसहित वडा अध्यक्ष र सचिव पक्राउ

घुस रकमसहित वडा अध्यक्ष र सचिव पक्राउ

9 months पहिले
राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता यस्तो छः

राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता यस्तो छः

9 months पहिले
विकासको पूर्वाधारमा कमसल सामग्री प्रयोग हुँदै आएको गुनासो

विकासको पूर्वाधारमा कमसल सामग्री प्रयोग हुँदै आएको गुनासो

9 months पहिले
टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु

टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु

10 months पहिले

               हामी पूर्णत:कानुनी छौं                 
 सुचना विभाग दर्ता नं. :   २४१८/ ०७७-७८
कम्पनी रजिष्ट्रार दर्ता नं. : २४७०५७/०७७/०७८
राजस्व विभाग (PAN) : ६०९८४७९३८

हाम्रो बारेमा

तपेश्वरी मिडीया ग्रुप प्रा.लि.द्वारासञ्चालित
कान्तिपुर संदेश डटकम अनलाइन
ठेगाना: सप्तकोशी न.पा.-२, सप्तरी
फोन: +९७७-९८१३१८४४५४
ईमेल: [email protected]
वेब : www.kantipursandesh.com

अध्यक्ष तथा सञ्चालकः राम नारायण राउत

हाम्रो टीम

सम्पादकः किरण कुमार चौधरी

व्यवस्थापकः सगिन्ता फतेपुरिया

समाचारका लागिः ९८१३१८४४५४

विज्ञापनका लागिः ९८४९४१५१५७

डेक्सः रेनुका चौधरी, विनिता चौधरी 

महिनारायण राउत, रबिना चौधरी

© 2020 Kantipur Sandesh

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि