काठमाडौं । राष्ट्रियसभाका सांसद मृगेन्द्रकुमार सिंह यादवले संसद विघटन असामयिक कदम भएको बताएका छन् ।

संसद विघटनको चर्को विरोध गर्दै सांसद यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन असामयिक कदम भएको बताएका हुन् ।

Your Ad Code Here

साथै सांसद यादवले ओलीलाई पदीय आचरण विपरीत काम गरेको आरोप लगाएका छन् । आज बसेको बैठकमा बोल्दै यादवले ‘संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी, स्वेच्छाचारी, निरंकुश, कायरतापूर्ण र असामयिक कदम हो ।’ भनेका छन् ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूको यो कदमको, काम सम्मान पाउने गर्नुभएको छैन, सम्माननीय प्रधानमन्त्री भनौं कि असम्माननीय प्रधानमन्त्री भनौं ? बडो द्विविधामा छु’ बैठकमा यादवले थप्दै भनेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग