सप्तरी (फत्तेपुर) । कोभिड–१९ महामारीको कारणले रोकिएका परीक्षाले तीव्रता पाएको छ ।
त्रिभुवन विश्वविद्यालयले रोकिएका परीक्षा सञ्चालनमा तीव्रता दिएको हो । हाल केही संस्थान, संकायका विषयका परीक्षा चलिरहेका छन् भने अन्यको मंसिर अन्तिम सातादेखि सञ्चालन गर्ने तयारीमा रहेको जनाएको छ ।
विभिन्न स्थानमा अध्यापन अनलाइन गरिए पनि देशभर विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरिएको त्रिवि रजिस्ट्रार पेशल दाहालले बताएका हुन्। इन्जिनियरिङ र विज्ञान प्रविधि संकायको परीक्षा सञ्चालन भइरहेको, व्यवस्थापन र मानविकीलगायत संकायको परीक्षाका लागि तयारी चलिरहेको छ ।
उनका अनुसार संकाय, संस्थान र विषयअनुसार परीक्षा प्रणाली सरलीकरण गरिएको छ । ‘विद्यार्थीलाई सकेसम्म पायक गर्ने गरी जाँच दिने व्यवस्था मिलाएका र भौतिक उपस्थितिमै परीक्षा लिए पनि स्वास्थ्य मापदण्ड पूरा गराउन प्राथमिकता दिएको पेशक दहालले बताए ।
तपाईको प्रतिक्रिया