काठमाडौं । शिक्षा मन्त्रालयले वैकल्पिक विधिबाट शैक्षिक कार्यक्रम अगाडि बढाउन आफ्ना विभागहरुलाई निर्देशन दिएको छ ।
मन्त्रालयले समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउनका लागि आवश्यक प्रबन्ध मिलाउन र महामारी सामान्य नभएसम्मका लागि वैकल्पिक विधि (अनलाइन कक्षा) बाट शैक्षिक कार्यक्रम अगाडि बढाउन आफ्ना विभागहरुलाई निर्देशन दिएको हो ।
आगामी असार १ गतेदेखि शैक्षिक सत्र २०७८ सुरु हुँदैछ । अधिकांश विद्यालय १ असारबाट भर्ना र पाठ्यपुस्तक वितरण कार्यक्रम अघि बढाउने तयारीमा छन् । स्थानीय तहहरुले पनि आफ्नो क्षेत्रका विद्यालयहरुलाई मन्त्रालयको निर्देशन अनुसार भर्ना अभियान सुरु गर्न भनेका छन् ।
यसअनुसार सबै विद्यालयले जेठ मसान्तसम्ममा आन्तरिक मूल्यांकनको परीक्षाफल प्रकाशित गरी १ असारबाट भर्ना अभियान सुरु गर्नु पर्नेछ । ललितपुर महानगरपालिकाले भर्ना अभियान अवधिमा आलोपालो गरेर अभिभावक बोलाइ पाठ्यपुस्तक उपलब्ध गराउन विद्यालयहरुलाई भनेको छ ।
तपाईको प्रतिक्रिया