सप्तरी (फत्तेपुर) । मैथिली गीत संगीत क्षेत्रमा निकै चर्चा कमाउन सफल गीतकार सूरज झा सुमन फेरी पनी धमाका मचाउने भएका छन् ।
गीतकार सूरजको रचनामा रहेका ‘मिथिला के गाम, इजॉरिया के चान, पिया काचे छै उमरिया, चेहरा छुपाके एलौ, कि अहन बात, दिल लगेल पृतिया, कोशी किनारे हमर गाम लगायतका मैथिली गीतहरू निकै चर्चामा रहेको छ ।
यसैमा गीतकार सूरजले फेरी पनी धमाका मचाउने खालकै ३ वटा गीतको रचना गरेका छन् । उनले हालै रचना गरेको गीतहरुमा ‘कोयल के बोली मधुर मुस्कान, एलई सावन के मौसम र तोरा खातिर मोदी सरकार बनबो’ रहेको छ । यी गीतहरु चाडै नै बजारमा आउने गीतकार सूरज स्वयमले जानकारी दिएका छन् ।
विगत ५ वर्षदेखी मैथिली गीत संगीत क्षेत्रमा लगेका सूरजले लामो संघर्षपछी आज आफू लाई चिनाउन सफल बनेको उनका इष्टमित्रहरु बताउँछन् । उनको सफलता पछाड़ी बुवा, आमा, श्रीमती र मिथिला रत्न गायक बीरेंद्र झाको ठूलो हाथ रहेको बताएका छन् ।
मिथिला रत्न गायक बीरेंद्र झा, उदय नारायण झा, भानु नारायण, सन्नु कुमार, भागवत मंडल, दीपक शर्मा, उत्तम झा, पारश मनी, देवेंद्र सोनी, बिनय कुमार, सुनील मिश्रा, बिकाश झा, आदित्य अजय, आयुश्री पूजा, सुषमा झा, ज्योति विश्वकर्मा, अंजू यादव, मुनचुन देब, सुनीता साह, ममता राजे, अनुमा चौधरी, मोनिका श्रीवास्तव, जस्ता चर्चित गायक गायिकासँग सहकार्य गर्न सफल बनेका छन् ।
उनले मैथिली फिल्मका गीत, जिंगल गीत, शर्ट स्टोरी समेत रचना गर्न सफल बनेका छन । हाल उनी संगम सीरीज बिराटनगरमा कार्यरत छन ।
तपाईको प्रतिक्रिया