सर्लाही । अवैध लागूऔषध गाँजा सहित २ जना पक्राउ परेका छन् ।

ईश्वरपुर नगरपालिका-१३ रेलवे फाँटस्थित सडकबाट करिब १० किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

Your Ad Code Here

पक्राउ पर्नेमा मोहत्तरी गौशाला नगरपालिका-३ बस्ने ५० वर्षीय नवल किशोर साह र उनकी श्रीमती ४० वर्षीया उर्मीला देबी साह रहेका छन् ।

बिशेष सूचनाको आधारमा प्रहरी चौकी गौरिशंकरबाट खटिएको प्रहरीले ज ११ प ७९७१ नम्बरको मोटरसाइकलमा फुलजोरबाट मोहत्तरीतर्फ जाँदै गरेका उनीहरूलाई जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग