सप्तरी । व्यापारी दम्पति हत्याका आरोपितलाई ११ वर्ष कैद सजायको फैसला गरेको छ।

व्यापारी दम्पति हत्याका आरोपितलाई सप्तरी जिल्ला अदालतका न्यायाधीश रिताकुमारी बख्रेलको इजलाशले हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका ४० वर्षीय दाउद मियाँलाई ११ वर्ष कैद सजायको फैसला गरेको हो।

Your Ad Code Here

अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताएअनुसार हत्या अभियोगमा ५ वर्ष कैद तथा डाँका अभियोगमा ६ वर्ष कैद र १ लाख ४० हजार जरिवानाको फैसला भएको छ । हत्या आरोपमा ०७४ पुस २४ गते पक्राउ परेका उनी खुनडाँका मुद्दामा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा नै छन्।

मियाँसहितको समूहले हनुमाननगर कंकालिनी नगरपालिका–९ की ५२ वर्षीया सरोजदेवी वेगवानी र निजका पति ५५ वर्षीय प्रेमसुख बेगवानीको २०७१ जेठ २१ गते राती हत्या गरेका थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग