सप्तरी (फत्तेपुर) । बाकेमा दुई समूहबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ ।
सोमबार साँझ पूर्णिमाको अवसरमा जाकी गाउँपालिनका–५ स्थित बानियागाउँमा दुई समूहको बीचका झडपमा ५४ वर्षीय धनिराम यादवको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) सुवास खड्काले दिएको जानकारी अनुसार ‘पुरानो विषय’लाई लिएर दुई समूहबीच विवाद भएको थियो । सो विवाद बढेर झडपको रुप लिएको उनले बताए ।
दुई समूहबीच हानाहान हुँदा गम्भीर घाइते भएका धनिरामको उपचारको क्रममा नेपालगञ्ज नरसिंह कलेजमा निधन भएको हो । झडपमा ८ जना घाइते भएका छन् । घाइतेहरुको भेरी अस्पताल र नेपालगञ्ज नरसिंह कलेजमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया