काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिपक्षीय धर्म निभाउने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संकेत सराहनीय भएको बताएका छन् ।
शनिबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्वीट गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले प्रतिपक्षीय धर्म निभाउने पाली कांग्रेसको संकेत सराहनीय भएको बताएका हुन् ।
ट्वीटरमा ‘अन्ततः प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ । अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं । आआफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश,जनता र लोकतन्त्रको आवस्यकतारप्रथमिकता हुन्छ। आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो है१’ लेखेका छन् ।
तपाईको प्रतिक्रिया