सप्तरी । देशमा थप १४१ जना कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
पछिल्लो चौबीस घण्टामा थप १४१ जना कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ७१ हजार ४ सय ३१ जना पुगेको छ । अहिलेसम्म २० लाख ८१ हजार ६६५ वटा पीसीआर परीक्षण भइसकेको छ ।
आज २०६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६७ हजार ६५ जना पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८.४ मा उक्लेको छ ।
तपाईको प्रतिक्रिया