सप्तरी । आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व ।
घिउ, चाकु, उसिनेको तरुल र तिलको परिकार खाएर आज माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । यसै दिन मासको दाल र चामल मिसाएर घिउ हालेर बनाइएको खिचडी पनि खाने चलन छ ।
आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणीलगायतका ठाउँ तथा नदीनालामा माघ स्नान गर्न भक्तजनको घुइँचो लाग्ने गर्दछ । थारु, मगर र किराँत समुदायले आज नयाँ वर्षका रुपमा स्नान, दान एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदैछन् ।
थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । तराईका जिल्लामा माघे सङ्क्रान्तिलाई तिला सङ्क्रान्तिको रुपमा मनाउने गरिन्छ ।
उपत्यकासहित मुलुकका २२ जिल्लामा रहेका थारू समुदायले यो दिन उत्सवका साथ माघी पर्व मनाउने गर्छन् । काठमाडौँ उपत्यकाको नेवार समुदायमा सलहु भनेर यी परिकार भोजन गर्ने र आमाको हातबाट सन्तानले शरीरमा तोरीको तेल लगाउने प्रचलन छ ।
तपाईको प्रतिक्रिया