Sunday, September 24, 2023
Kantipur Sandesh
Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
TRENDING
युरोपा टुँडिखेल सेना उपचार बिरामी सुन गायब महासप्तमी मर्डर दशैं क्लिन फिड
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
kantipur-sandesh-kantipursandesh-News-logo
No Result
View All Result

राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने


राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण बढेसँगै सरकारले गत वैशाख १९ गतेदेखि बन्दाबन्दीको घोषणा गरेपछि स्थगित भएको राष्ट्रिय जनगणना २०७८ को मूल गणना कार्य आगामी कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने भएको छ ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार जनगणनाको मूल गणना कार्य २०७८ जेठ २५ देखि असार ८ सम्ममा सम्पन्न गर्ने कार्यक्रम रहेको थियो । प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणना यस वर्ष पाँच महिना ढिला गरी ‘मेरो गणना, मेरो सहभागिताः राष्ट्रिय जनगणना २०७८’ भन्ने नाराका साथ हुन गइरहेको छ ।

कोभिड–१९ महामारीका कारण नेपाल सरकार मन्त्रिपरिषद्को गत वैशाख १९ गतेको निर्णयअनुसार स्थगन भएको राष्ट्रिय जनगणनाको कार्यक्रम पुनःसञ्चालन गर्न केन्द्रीय तथ्याङ्क विभागबाट तयार गरेको नयाँ कार्यतालिका मन्त्रिपरिषद्को गत भदौ २१ गतेको बैठकले स्वीकृत गरेको छ । कोभिड–१९को सङ्क्रमण दर निरन्तर कम भइरहेको, बन्दाबन्दीको अवस्था नरहेको तथा जनजीवन सामान्य अवस्थामा फर्किरहेकाले स्थगन भएको जनगणना सरकारले पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।

यस जनगणनामा ३९ हजार गणक तथा आठ हजार सुपरिवेक्षकले अनुमानित ७० लाख परिवार तथा तीन करोड जनसङ्ख्याको गणना १५ दिनको कार्य अवधिमा सम्पन्न गर्ने तयारी भएको आज विभागमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले हालसम्म सात प्रदेश जनगणना कार्यालय तथा ८० वटा जिल्ला जनगणना कार्यालय सञ्चालनमा रहेको, ३४९ स्थानीय जनगणना कार्यालय स्थापना गर्ने क्रममा रहेको, जनगणनाका लागि एक हजार ७११ जना प्रशिक्षक तयार गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार यही भदौ ३० देखि असोज १८ सम्म घरपरिवार सूचीकरण कार्य सम्पन्न गरी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म मूल गणना कार्य सम्पन्न गर्न आवश्यक पर्ने सुपरिवेक्षक, गणकलगायत अन्य जनशक्ति व्यवस्थापन भइसक्नेछ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकासका लक्ष्य मापन गर्न, आगामी २० वर्षका लागि जनसङ्ख्या प्रक्षेपण गर्न आदिका लागि पनि जनगणनाको तथ्याङ्क प्रयोग हुने हुँदा यसलाई सम्पन्न गराउनु सबैको कर्तव्य भएको राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले बताउनुभयो । देशमा बसोबास गर्ने विभिन्न जाति, भाषा, धर्म, क्षेत्र, वर्ग, लिङ्ग तथा उमेर समूहको अवस्था थाहा पाउनेदेखि उनीहरुको सामाजिक, आर्थिक तथा लैङ्गीक अवस्था कस्तो छ भन्ने बुझ्नका लागि पनि जनगणना गर्ने विश्वव्यापी प्रचलन रहेको छ ।

जनगणनाबाट प्राप्त तथ्याङ्कका आधारमा राज्यले आवश्यक नीति, योजना तथा कार्यक्रम तय गर्नेदेखि बनेका कार्यक्रमको अनुगमन÷मूल्याङ्कन हुने गर्दछ । जनगणनाको तथ्याङ्ककै आधारमा निर्वाचन क्षेत्र निर्धारण हुने, प्रतिनिधिसभा तथा प्रदेशसभाको सदस्य सङ्ख्या यकिन हुने, केन्द्र सरकारबाट प्रदेश सरकार र स्थानीय तहसम्म स्रोत परिचालन गर्न, राज्यका विभिन्न तहमा विभिन्न जाति, भाषा, धर्म, क्षेत्र, वर्ग तथा लिङ्गका व्यक्तिको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने भएकाले यसलाई निकै महत्वका साथ हेर्ने गरिन्छ ।

प्रत्येक घरमा पुग्ने गणकले विभिन्न ८० वटा प्रश्न सोध्नेछन् र यसका लागि करिब २० मिनेटसम्म समय लाग्नेछ । “कुनै ठाउँमा छ महिनाभन्दा बढी वसोवास गरेका नेपाली नागरिकको सोही ठाउँबाट गणना गरिने छ”, महानिर्देशक श्रेष्ठले भन्नुभयो, “विदेशी कूटनीतिक नियोगमा कार्यरतदेखि वैदेशिक रोजगारीमा गएका र विदेशमा रहेका नेपालीलाई पनि गणनामा छुट्याइने छैन ।”

प्रत्येक १० वर्षमा एकपटक हुने राष्ट्रिय जनगणना नेपालमा पहिलोपटक १९६८ सालमा भएको थियो । जनगणनाको १२ औँ शृङ्खलासम्म आइपुग्दा पहिलोपटक २००८ सालमा स्थगित भई २००९ र २०११ सालमा गरिएको थियो भने कोरोना सङ्क्रमणका कारण यसपटक पाँच महिना ढिलो हुन गएको छ ।-रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

उपेन्द्र यादवलाई पुनः पराजित गर्न सिके राउत उर्तिए मैदानमा, उपेन्द्र संकटमा !
banner News

उपेन्द्र यादवलाई पुनः पराजित गर्न सिके राउत उर्तिए मैदानमा, उपेन्द्र संकटमा !

चैत्र ९, २०७९, ३:३७ PM
घुस रकमसहित वडा अध्यक्ष र सचिव पक्राउ
banner News

घुस रकमसहित वडा अध्यक्ष र सचिव पक्राउ

चैत्र ९, २०७९, २:३३ PM
राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता यस्तो छः
banner News

राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता यस्तो छः

फाल्गुन १०, २०७९, १२:३४ PM
विकासको पूर्वाधारमा कमसल सामग्री प्रयोग हुँदै आएको गुनासो
banner News

विकासको पूर्वाधारमा कमसल सामग्री प्रयोग हुँदै आएको गुनासो

फाल्गुन १०, २०७९, ११:४० AM
टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु
banner News

टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु

फाल्गुन ९, २०७९, ८:५७ AM
जनमत पार्टीको समानुपातिक कोटाबाट संघीय संसद बन्न सफल “अब्दुल खानं”को हुन् ?
banner News

जनमत पार्टीको समानुपातिक कोटाबाट संघीय संसद बन्न सफल “अब्दुल खानं”को हुन् ?

मंसिर २५, २०७९, ९:५७ AM

ताजा समाचार

उपेन्द्र यादवलाई पुनः पराजित गर्न सिके राउत उर्तिए मैदानमा, उपेन्द्र संकटमा !

उपेन्द्र यादवलाई पुनः पराजित गर्न सिके राउत उर्तिए मैदानमा, उपेन्द्र संकटमा !

6 months पहिले
घुस रकमसहित वडा अध्यक्ष र सचिव पक्राउ

घुस रकमसहित वडा अध्यक्ष र सचिव पक्राउ

6 months पहिले
राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता यस्तो छः

राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता यस्तो छः

7 months पहिले
विकासको पूर्वाधारमा कमसल सामग्री प्रयोग हुँदै आएको गुनासो

विकासको पूर्वाधारमा कमसल सामग्री प्रयोग हुँदै आएको गुनासो

7 months पहिले
टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु

टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु

7 months पहिले
जनमत पार्टीको समानुपातिक कोटाबाट संघीय संसद बन्न सफल “अब्दुल खानं”को हुन् ?

जनमत पार्टीको समानुपातिक कोटाबाट संघीय संसद बन्न सफल “अब्दुल खानं”को हुन् ?

10 months पहिले

               हामी पूर्णत:कानुनी छौं                 
 सुचना विभाग दर्ता नं. :   २४१८/ ०७७-७८
कम्पनी रजिष्ट्रार दर्ता नं. : २४७०५७/०७७/०७८
राजस्व विभाग (PAN) : ६०९८४७९३८

हाम्रो बारेमा

तपेश्वरी मिडीया ग्रुप प्रा.लि.द्वारासञ्चालित
कान्तिपुर संदेश डटकम अनलाइन
ठेगाना: सप्तकोशी न.पा.-२, सप्तरी
फोन: +९७७-९८१३१८४४५४
ईमेल: [email protected]
वेब : www.kantipursandesh.com

अध्यक्ष तथा सञ्चालकः राम नारायण राउत

हाम्रो टीम

सम्पादकः किरण कुमार चौधरी

व्यवस्थापकः सगिन्ता फतेपुरिया

समाचारका लागिः ९८१३१८४४५४

विज्ञापनका लागिः ९८४९४१५१५७

डेक्सः रेनुका चौधरी, विनिता चौधरी 

महिनारायण राउत, रबिना चौधरी

© 2020 Kantipur Sandesh

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि