Wednesday, July 16, 2025
Kantipur Sandesh
Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
TRENDING
युरोपा टुँडिखेल सेना उपचार बिरामी सुन गायब महासप्तमी मर्डर दशैं क्लिन फिड
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
kantipur-sandesh-kantipursandesh-News-logo
No Result
View All Result

इटलीको सबैभन्दा शक्तिशाली माफियाविरुद्ध सुनुवाइ हुँदै


इटलीको सबैभन्दा शक्तिशाली माफियाविरुद्ध सुनुवाइ हुँदै

सप्तरी । इटलीको सबैभन्दा शक्तिशाली माफिया समूह भनेर आरोप लागेको समूहका सदस्यहरूविरुद्ध इटलीमा सुनुवाइ गर्न लागिएको छ।

दशकौँयता त्यस्तो सुनुवाइ हुन सकेको थिएन। ड्रङ्गेटा समूहमाथि गरिएको लामो अनुसन्धानपछि ३३५ सन्दिग्ध लुटेराहरू र भ्रष्ट अधिकारीमाथि अभियोग दायर गरिएको छ। नौ सयभन्दा बढी साक्षीले सो सुनुवाइका क्रममा हत्या, लागुऔषध ओसारपसार, कालो धन र जबरजस्ती असुलीबारे प्रमाण दिने अपेक्षा गरिएको छ।

सुनुवाइ बुधवार शुरू हुनेछ र दुई वर्षसम्म चलिरहने अपेक्षा गरिएको छ। सुनुवाइ दक्षिणी कलब्रिया क्षेत्रमा पुनर्निर्माण गरिएको एक भवनमा हुनेछ। यो ड्रङ्गेटा समूहको चलखेल हुने मुख्य भूभागका रूपमा चिनिन्छ। सन् १९८० यता इटलीमा यति ठूलो स्तरमा माफियाको सुनुवाइ भएको छैन। लामेजिया टेर्मे सहरमा रहेको कल सेन्टर भवनलाई पुनर्निर्माण गरेर सुनुवाइ गर्ने नयाँ स्थान बनाइएको हो। सयौँ मानिस सहभागी हुन सक्ने गरी भवनको स्वरूप परिमार्जन गरिएको हो।

को हुन् अभियुक्त ?

यस अघि सन् १९८६-१९९२ सम्म भएको सुनुवाइभन्दा फरक बुधवार हुने ड्रङ्गेटा माफिया समूहभित्र मनकुसो परिवार भनेर चिनिने समूहविरुद्ध लक्षित रहेको बताइएको छ। सन् १९८६-१९९२ मा मुख्यतः सिसिलीका कोसा नोस्ट्रा परिवारविरुद्ध लक्षित थियो। ड्रङ्गेटा कोसा नोस्ट्राभन्दा ठूलो समूह रहेको मानिन्छ। उनीहरू भिबो भ्यालेन्सियाको कलब्रिया प्रान्तमा सक्रिय छन्।

एएफपी समाचार एजेन्सीका अनुसार हालै भएको एक सुनुवाइमा अभियुक्तहरूको नाम पढ्न मात्रै तीन घण्टा लागेको थियो। अभियुक्तहरूमा राजनीतिकर्मी, प्रहरी अधिकारी, सरकारी कर्मचारी र डकैती समूहका आरोपित सदस्यहरू छन्। सबभन्दा ठूला मानिएका अभियुक्त ६६ वर्षीय लुइगी म्यानकुसो हुन्।

६६ वर्षीय उनी ‘अङ्कल’ भनेर चिनिन्छन्। उदाहरणका लागि केही अभियुक्तहरू ‘द वूल्फ’ अर्थात् ब्वाँसो, ‘फ्याटी’ अर्थात् मोटे र ब्लोन्डी जस्ता नामले चिनिन्छन्।आरोपितहरू ४०० भन्दा बढी छन्। ९२ ले सुनुवाइको छिटो बाटो ‘फास्ट ट्र्याक’ चुनेका छन्। अभियुक्तमध्ये अधिवक्ता तथा पूर्वप्रधानमन्त्री सिल्भिओ बेर्लस्कोनीको फोर्जा इटालिया पार्टीका सांसद जियानकार्लो पिटेली लगायत छन्।

पीटेली ड्रङ्गेटा समूहलाई राजनीति र अदालतजस्ता शक्तिशाली संस्थासँग जोडेको भन्ने आरोप अस्वीकार गर्छन्। धेरैजसो अभियुक्तहरू डिसेम्बर महिनामा इटली, जर्मनी, स्वीट्जरल्यान्ड र बुल्गेरियामा गएका खानतलासीमा गिरफ्तार गरेर नियन्त्रणमा लिइएका हुन्।

आरोपहरू के के छन् ?

ड्रङ्गेटाहरूले दक्षिण अमेरिका र अन्यत्रबाट आउने कोकिनको ठूलो मात्रा नियन्त्रण गर्ने गरेको विश्वास गरिन्छ। सयौँ अभियुक्तलाई लागेको आरोप लागुऔषध अपराधभन्दा फरक किसिमका पनि छन्।

माफिया सञ्चालन, हत्या, हत्या प्रयत्न, असुली, अस्वाभाविक ब्याजदरमा ऋण दिएको, सरकारी सूचना चुहाएको र पदको दुरुपयोग गरेको लगायतका आरोप छन्। अक्सफर्ड विश्वविद्यालयका अपराधसम्बन्धी प्राध्यापक फेडेरिको भरिसिले भने, ‘यो सुनुवाइले ड्रङ्गेटाले समाजमा कति गहिरो जरा गाडेको रहेछ भन्ने देखाउँछ।’ बीबीसी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु
banner News

टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु

फाल्गुन ९, २०७९, ८:५७ AM
विनाशकारी आँधीबाट अमेरिकामा ७० जनाको मृत्यु
banner News

विनाशकारी आँधीबाट अमेरिकामा ७० जनाको मृत्यु

मंसिर २६, २०७८, ११:०८ AM
भारतमा कोरोनाभाइरसको सङ्क्रमण पुनः बढ्दैं, सिमानामा सतर्कता अपनाउन चिकित्सकको सुझाव
अन्तराष्ट्रिय

भारतमा थप आठ हजार ५०३ जना कोरोना सङ्क्रमित

मंसिर २४, २०७८, २:०६ PM
युरोपका १५ राष्ट्रले ४० हजार अफगानी नागरिकलाई शरण दिने
अन्तराष्ट्रिय

युरोपका १५ राष्ट्रले ४० हजार अफगानी नागरिकलाई शरण दिने

मंसिर २४, २०७८, १:५२ PM
टर्कीमा कोरोनाको सङ्क्रमण बढ्दै, एकै दिन २० हजारमा संक्रमण
अन्तराष्ट्रिय

टर्कीमा कोरोनाको सङ्क्रमण बढ्दै, एकै दिन २० हजारमा संक्रमण

मंसिर २१, २०७८, १:३० PM
भारतमा ‘ओमीक्रोन’का सङ्क्रमित भेटिएसँगै वीरगञ्ज नाकामा उच्च सतर्कता
banner News

भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन

मंसिर २०, २०७८, १०:५४ AM

ताजा समाचार

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

10 months पहिले
सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

10 months पहिले
कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

11 months पहिले
‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

11 months पहिले
बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

11 months पहिले
नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

11 months पहिले

               हामी पूर्णत:कानुनी छौं                 
 सुचना विभाग दर्ता नं. :   २४१८/ ०७७-७८
कम्पनी रजिष्ट्रार दर्ता नं. : २४७०५७/०७७/०७८
राजस्व विभाग (PAN) : ६०९८४७९३८

हाम्रो बारेमा

तपेश्वरी मिडीया ग्रुप प्रा.लि.द्वारासञ्चालित
कान्तिपुर संदेश डटकम अनलाइन
ठेगाना: सप्तकोशी न.पा.-२, सप्तरी
फोन: +९७७-९८१३१८४४५४
ईमेल: kantipursandesh2@gmail.com
वेब : www.kantipursandesh.com

अध्यक्ष तथा सञ्चालकः राम नारायण राउत

हाम्रो टीम

सम्पादकः किरण कुमार चौधरी

व्यवस्थापकः सगिन्ता फतेपुरिया

समाचारका लागिः ९८१३१८४४५४

विज्ञापनका लागिः ९८४९४१५१५७

डेक्सः रेनुका चौधरी, विनिता चौधरी 

महिनारायण राउत, रबिना चौधरी

© 2020 Kantipur Sandesh

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि