जम्मु काश्मीर । कोरोना महामारीबीच भारतको जम्मु काश्मीरमा स्वास्थ्य मापदण्ड अपनाउँदै कक्षा १२ को परीक्षा भएको छ । जम्मु काश्मीरको नोभेम्बर १२ देखि कक्षा १२ को परीक्षा भएको थियो ।
यससँगै कक्षा १० को बोर्ड परीक्षा पनि हुने जम्मु काश्मीर परीक्षा बोर्डले जनाएको थियो । जम्मु काश्मीरमा २६ हजार २७२ परीक्षार्थीहरु परीक्षामा सहभागी भएका थिए । उनीहरुलाई ६२६ परीक्षा केन्द्रहरुमा परीक्षा दिने व्यवस्था मिलाइएको थियो ।
जम्मु काश्मीर बोर्ड अफ स्कूल इजुकेशनका सहसचिव आजिज अहमद हाकाकले उर्दू, हिन्दी, पञ्जाबी र काश्मिरीलगायत बहुभाषामा २६ हजार ४३७ विद्यार्थी भर्ना भएका थिए । जसमध्ये २६ हजार २७२ विद्यार्थीहरु परीक्षामा सहभागी भएका थिए । १६५ विद्यार्थी भने परीक्षामा सहभागी भएका छैनन् ।
परीक्षा लगभग पूर्ण उपस्थितिको साथ सहजै सञ्चालन गरिएको र कोभिड(१९ का लागि आवश्यक स्वास्थ्य मापदण्ड अनुसार परीक्षा सञ्चालन गरिएको सुपरिवेक्षण कर्मचारीहरुले बताएका छन् ।
हकाकले परीक्षामा भाग लिने परीक्षार्थीहरु परीक्षामा प्रदान गरिएको छुटबारे सूचित गरिएको थियो । परीक्षा १०० अंकमध्ये ६० अंकको हल गर्नुपर्ने बताइएको छ ।
उनले भने, “यस वर्ष २० जना विद्यार्थीको लागि एक जना सुपरभाइजर तोकिएको थियो । अन्य वर्षमा एक सुपरभाइजरका लागि ३० जना विद्यार्थी छुट्याइने भए पनि यस वर्ष कोरोना महामारीका कारण एकजनाका लागि ३० जना विद्यार्थीहरु सहभागी भएका थिए । सामाजिक दूरीको उचित पालना गरिएका थिए ।’
सरकारले यस वर्षको कक्षा १० र १२ बोर्ड परीक्षाका लागि प्रश्नपत्रमा ४० प्रतिशत छुट दिने घोषणा गरिसकेको छ ।
तपाईको प्रतिक्रिया