लन्डन । बेलायत कोरोनाविरुद्ध खोप प्रयोग गर्ने पहिलो देश बनेको छ ।
बेलायतले फाइजर र बायोएनटेकले बनाएको कोरोना भाइरसविरुद्धको खोप प्रयोग गर्न स्वीकृति दिएको छ । यससँगै बेलायत कोरोनाविरुद्ध खोप प्रयोग गर्ने पहिलो देश बनेको हो ।
बेलायतले यसको प्रयोग केही दिनमै सुरु गर्ने बेलायतको स्वास्थ्य नियामक संस्था मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सीले जनाएको छ ।
एजेन्सील यो खोप सुरक्षित रहेको भन्दै प्रयोगको अनुमति दिएको हो । फाइजर र बायोएनटेकले करिब १० महिना अवधिमा खोप बनाएका हुन् । यो ९५ प्रतिशत प्रभावकारी भएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया