नाइजेरिया । बोको हरामले गरेका हमलाबाट कम्तिमा ११० जना किसान मारिएका छन् ।

बोको हरामले नाइजेरियाको उत्तरपूर्वी क्षेत्रस्थित कोशोब र माइदुगुरी सहर नजिकैको ग्रामिण भेगमा गरेका हमलाबाट कम्तिमा ११० जना किसान मारिएका हुन् ।

Your Ad Code Here

संयुक्त राष्ट्रसंघलाई हवाला दिँदै अलजजीरा, एपी, बीबीसी लगायत अन्तर्राष्ट्रिय मिडियाले यसबारे समाचार बनाएका छन् । प्रारम्भिक चरणमा कोशोबस्थित खेतमा काम गरिरहेका ४३ किसान मारिएको समाचार थियो । पछि अन्य ग्रामिण भेगमा मारिएका ७० गरी जम्मा ११० किसान मारिएको समाचार अन्तर्राष्ट्रिय मिडियाले बनाएका हुन् ।

शनिबार दिउँसोका ती हमला बोको हरामले गरेको बताइएको छ । नाइजेरियाका ग्रामिण इलाकामा सशस्त्र समूह बोको हराम सक्रिय रहँदैआएको छ । नाइजेरियास्थित संयुक्त राष्ट्रसंघीय मानवीय संयोजक संस्थाले जनाए अनुसार सुरुमा मोटरसाइकलमा आएका मानिसले खेतमा काम गरिरहेका किसानलाई लक्षित गरी हमला गरेका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग