हङकङ । हङकङमा नेपालीहरुले सञ्चालन गरेको रेस्टुरेन्टमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

मृत्यु हुनेमध्ये सबै नेपाली हुन् । उनीहरु तीन नेपाली परिवारका सदस्य भएको बताइएको छ । हङकङको कार्मालोन क्षेत्रमा पर्ने जोर्डन भन्ने ठाउँमा नेपालीले रेस्टुरेन्ट सञ्चालन गरेका थिए ।

Your Ad Code Here

आगलागीमा परी मृत्यु हुनेमा ३८ वर्षीय युवराज कँडेल, १३ वर्षीया कृतिका कँडेल, ३५ वर्षीय राजबाबु नेपाल, ९ वर्षीय रियान नेपाल र ३९ वर्षीय शेरबहादुर गुरुङ छन् । यसैगरी, ३२ वर्षीया अनिता निरौला र ४० वर्षीया विनिता तामाङको पनि मृत्यु भएको छ । अरु मृतकको सनाखत हुन बाँकी रहेको छ ।

अस्पताल भर्ना गरिएका थप ३ जना पुरुष र ४ जना महिलाको अवस्था गम्भीर रहेको छ । जिरे खुर्सानी नामक सो रेष्टुरेन्टमा आइतबार राति आगलागी भएको थियो । तिहारको दिपावलीका साथै जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगो लगोको बताइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग