प्रविधि कम्पनी माइक्रोसफ्टका अनुसार उत्तर कोरिया र रुसका सरकार समर्थित ह्याकरले कोरोनाभाइरसको खोपबारे काम गरिरहेका संस्थालाई निशानामा राखेका छन्।

उसले ‘फ्यान्सी बियर’ रुसी समूह एवम् उत्तर कोरियाली ‘जिन्क’ र ‘सेरियम’ समूहहरू पछिल्ला साइबर हमलामा संलग्न पाइएका छन्। यूकेको राष्ट्रिय साइबर सुरक्षा केन्द्र एनसीएससीले यसअघि नै रुसी ह्याकरहरूले खोपको अनुसन्धानलाई निशानामा पारेको जनाएको थियो।

Your Ad Code Here

ह्याकरहरूले अक्सफर्ड विश्वविद्यालय र अन्य संस्थाका अध्ययन चोर्ने प्रयास गरेका थिए। तर रुसले यसमा आफ्नो संलग्नता अस्वीकार गरेको थियो। माइक्रोसफ्टका अनुसार थुप्रै औषधि उत्पादक कम्पनीको कम्प्युटर प्रणाली तोड्न प्रयासहरू भएका छन्। निशानामा पारिएका खोपका अनुसन्धानहरू क्यानडा, फ्रान्स, भारत, दक्षिण कोरिया र अमेरिकाका छन्।

माइक्रोसफ्टले भनेको छः रुसी समूहले दशौँ लाख पासवर्ड प्रयोग गरेर प्रणालीमा प्रवेश गर्ने ब्रुट फोर्स उपाय अपनाएको छ। एउटा उत्तर कोरियाली समूहले विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको अधिकारीको नाम प्रयोग गरेर इमेल पठाएर पासवर्ड हत्याउने प्रयास गरेको छ। त्यस्ता प्रयासहरू केही असफल भए पनि केही सफल समेत भएका भन्दै माइकोसफ्टले सजग गराएको छ। बीबीसी

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग