सप्तरी (फत्तेपुर) । हाल नेपालको पश्चिमी तराइ भू–भागका अधिकांश स्थानहरुमा वाक्लो हुस्सु र वाँकी तराई भू–भागका एक दुइ स्थानहरुमा हल्का हुस्सु लागेका छ।
देशभर तापक्रममा हल्का गिरावट आई चिसो बढेको साथै तराईका अधिकांश भु–भागहरुमा तथा पहाडका केही भू–भागहरुमा हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष ३ गते (शुक्रबार)
दिउँसो : प्रदेश न १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । आज देशका अधिकांश स्थानहरुको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने देखिन्छ ।
राती: प्रदेश नं १, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष ४ गते (शनिबार)
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भू–भागहरुमा आंशिक बदली रही बाँकि भू(भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : देशका पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष ५ गते (आइतबार)
दिउँसो : प्रदेश नं १ र गण्डकी प्रदेशका भू–भागहरुमा आंशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : प्रदेश नं १ र लुम्विनी प्रदेशका भू–भागहरुमा आंशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
तपाईको प्रतिक्रिया