सप्तरी (फत्तेपुर ) । कोशीटप्पु वन्यजन्तु आरक्षमा रहेको रैथाने ‘मकुना’ हात्तीको उपचारका लागि चितवन राष्ट्रिय निकुञ्जबाट टोली बोलाइएको छ।

हिजो सुनसरीमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा रहेको रैथाने ‘मकुना’ हात्तीको उपचारका लागि चितवन राष्ट्रिय निकुञ्जबाट टोली बोलाइएको हो ।

Your Ad Code Here

मंगलबार बसेको बैठकले हात्तीको उपचारका लागि प्राविधिक टोली बोलाएको थियो। टोलीले हात्तीको उपचार गर्न नसके मार्ने निर्णयमा प्रशासन पुगेको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए।

‘सकभर उपचार गर्ने, उपचार सम्भव नभए मार्ने निर्णयमा हामी पुगेका छौं,’ पोखरेलले भने, ‘कानुनी रित पुर्‍याएर मार्ने निर्णय भएको छ।’

मंगलबार कोसीटप्पु वन्यजन्तु आरक्षमा प्रशासन, गाउँपालिका अध्यक्ष र आरक्षका पदाधिकारीहरूको बैठक बसेको थियो। बैठकले हात्तीपीडितलाई राहत तथा क्षतिपूर्तिका लागि सरकारसँग पहल गर्ने निर्णय पनि भएको छ ।

तीन वर्ष यता ‘मकुना’ले १८ जनाको ज्यान लिइसकेको कोसी गाउँपालिकाले जनाएको छ। १८ जनाको ज्यान लिइसकेको कोसीटप्पुको रैथाने भाले हात्ती ‘मकुना’लाई मार्ने निर्णयमा प्रशासन पुगेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग