रौतहट । आम आदमी पार्टी नेपालले रौतहट जिल्लाको प्रथम जिल्ला अधिवेशन सम्पन्न गरेको छ।
शनिबार रौतहटको कटरिया नगरपालिकामा उक्त पार्टीको प्रथम जिल्ला अधिवेशन सम्पन्न गरेको हो । बिरेन्द्र कुमार पंडितलाई जिल्लाको अध्यक्षमा चयन गरिएको र उपाध्यक्षमा प्रवेश कुमार यादवलाई चयन गरिएको पार्टीका केन्द्रिय सदस्य राज सिंह यादवले बताए ।
यसैगरी उक्तपार्टी जिल्ला कमिटी कोषाध्यक्षमा राजनारायण पासवान, सचिवमा श्याम यादव र सह सचिवमा सुनिल पटेल चयन भएका छन्। अधिवेशनबाट सो जिल्लाका दिपेन्द्र दास लगायतका नेताकार्यकर्तालाई जिल्ला कमिटी सदस्यमा चयन गरिएको छ।
रौतहट जिल्लाको प्रथम जिल्ला अधिवेशनमा उक्त पार्टीका केन्द्रिय सदस्य राज सिंह यादव, पार्टी प्रवक्ता भरत भुशन पान्डे, केन्द्रिय सदस्य प्रलहाद राय योगी, गोबिन्द गुप्ता र सरोज चौधरी तथा पर्सा जिल्ला महिला अध्यक्ष ज्योति गुप्ता लगायतका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
तपाईको प्रतिक्रिया