सप्तरी (फत्तेपुर) । कोरोना भाइरस संक्रमणबाट मोरङमा थप एक जनाको मृत्यु भएको छ ।
कोरोना भाइरस संक्रमणबाट पथरी गाविस मोरङका पूर्व अध्यक्ष तिलक बान्तावा राईको मंगलबार बिहान करिब ४ बजे मृत्यु भएको विराट शिक्षण अस्पताले जानकारी दिएको हो ।
अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले दिएको जानकारी अनुसार उनमा कात्तिक २१ गते नै कोरोना भाइरस संक्रमण देखिएको थियो । कोरोना संक्रमण देखिएपछि उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।
स्वास्थ्यमा केही सुधार भएपछि अस्पतालबाट घर आएर आराम गरिरहेको अवस्थामा पुनः श्वासप्रश्वासमा समस्या देखिएपछि विराट शिक्षण अस्पताल भर्ना गरिएको थियो ।
तपाईको प्रतिक्रिया