विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै कांग्रेस निर्णायक बनेको छ ।
प्रदेश १ सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै अब बन्ने सरकारमा कांग्रेसले कुन समूहलाई समर्थन गर्ने भन्ने विषयमा बहस सुरु भएको हो । यसैमा कांग्रेसले कुन समूहलाई समर्थन गर्ने भन्ने विषयमा बहस सुरु भएको छ ।
प्रस्ताव दर्ता गर्ने दाहाल–नेपाल समूह र ओली समूह दुवैसँग सरकार निर्माणका लागि बहुमत नपुग्ने भएपछि कांग्रेस निर्णायक बनेको जनाइएको हो। प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनुअघि नै मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाउने निर्णय गरिएको थियो ।
सोही बैठकले बहुमत सदस्यको समर्थनमा सरकार निर्माण गर्ने भएकाले कांग्रेसलाई आफ्नो पक्षमा पार्न दुवै समूह सक्रिय छन्। कांग्रेसले भने हालसम्म कुनै औपचारिक समर्थन वा निर्णयनगरेको बताएका छन् ।
तपाईको प्रतिक्रिया