Monday, July 14, 2025
Kantipur Sandesh
Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
TRENDING
युरोपा टुँडिखेल सेना उपचार बिरामी सुन गायब महासप्तमी मर्डर दशैं क्लिन फिड
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
kantipur-sandesh-kantipursandesh-News-logo
No Result
View All Result

देशकै सबैभन्दा ठूलो सबस्टेशन ढल्केबरमा जडान


देशकै सबैभन्दा ठूलो सबस्टेशन ढल्केबरमा जडान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशकै सबैभन्दा ठूलो सबस्टेशन ढल्केबरमा ३१५ एमभीए क्षमताको थप ट्रान्सफर्मर जडान गरेको छ । जडान गरिएको ट्रान्सफर सोमवारदेखि नै सञ्चालनमा ल्याइएको छ ।

सबस्टेशनमा भएका ट्रान्सफर्मरहरूको कुल क्षमता ६३५ एमभीए पुगेको छ । यसअघि सबस्टेशनमा २२० केभी र १३२ केभीका २ ट्रान्सफर्मर थिए, उनीहरूको कुल क्षमता भने ३२० एमभीए रहेको थियो । सबस्टेशनमा अर्को ट्रान्सफर्मर जोड्ने काम पनि भइरहेको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिएको हो ।

ट्रान्सफर्मर जोडिएसँगै भारतबाट थप १०० मेगावाट विद्युत् आयात गर्न सकिने भएको छ । हाल उक्त सबस्टेशनबाट २५० मेगावाट विद्युत् आयात गर्न सकिन्छ । अब भने थप १०० मेगावाट गरेर ३५० मेगावाटसम्म विद्युत् आयात गर्न सकिने प्रवक्ता तिम्सिनाले बताए । उक्त सबस्टेशनमा ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् आयात गरिँदै आइएको छ ।

भारतसँग भएको सम्झौताअनुसार पूर्ण रूपमा विद्युत् आयात गर्न सकिने भएको छ । त्यस प्रसारण लाइनबाट विद्युत् ल्याउने गरी भारतको एनटीपीसी विद्युत् निगम लिमिटेड (एनभीभीएन) सँग विद्युत् खरीद विक्री सम्झौता (पीपीए) गरेको थियो ।

पीपीएअनुसार प्राधिकरणले जुलाईदेखि नोभम्बरसम्म २५० मेगावाट र डिसेम्बरदेखि अप्रिलसम्म ३५० मेगावाट विद्युत् सोही प्रसारण लाइनबाट ल्याउन सकिन्छ । मे देखि जुनसम्म २०० मेवा विद्युत् लिने गरी उक्त पीपीए भएको थियो ।

आवश्यक पूर्वाधार नहुँदा हिउँदको समयमा सम्झौताअनुसारको विद्युत् आयात गर्न सकिएको थिएन । तर, अब ३५० मेगावाट विद्युत् नै आयात गर्न सकिने प्राधिकरणको भनाइ छ । प्राधिकरणले भारतको विद्युत् निगमसँग गरेको पीपीएको अवधि यही जुन ३० तारीखसम्म रहेको छ ।

साथै, उक्त सबस्टेशनबाट वर्षा याममा बढी हुने नेपालको बिजुली भारततर्फ पनि निर्यात गर्न सकिनेछ । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् सोही सबस्टेशनमार्फत भारततर्फ निर्यात गर्न सकिनेछ प्राधिकरणको भनाइ छ । वर्षा याममा बढी हुने विद्युत् सीधै भारतीय बजारमा पठाउन सकिने प्राधिकरणको भनाइ छ ।

हाल माथिल्लो तामाकोशी आयोजना निर्माणको अन्तिम चरणमा छ । साथै, प्राधिकरणले २२० केभीको खिम्ती–ढल्केबर प्रसारण लाइनलाई पनि पूर्णरूपमा सञ्चालन गर्ने काम गरिरहेको छ । उक्त आयोजनाको विद्युत् सोही प्रसारणलाइनमार्फत ढल्केबर सबस्टेशनमा जोड्न सकिनेछ । सोही सबस्टेशनले उक्त विद्युत्लाई नेपालको पूर्व– पश्चिमतिर सप्लाइ गर्नेछ ।

खपत नभएको विद्युत् भने भारतीय बजारमा विक्री गरिने बताइएको छ । यस्तै, उक्त सबस्टेशनको क्षमता अभिवृद्धि गरेसँगै अब दुई मुलुकबीच इनर्जी बैंकिङको काम गर्नसमेत सहज हुने प्राधिकरणको विश्वास छ । आर्थिक अभियान दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कांग्रेसका पाँच सहमहामन्त्रीको मतगणना हुँदै
banner News

पदाधिकारीमा देउवाको बहुमत

पुस ३, २०७८, ८:१० AM
एमालेमा जिम्मेवारी बाँडफाँटः अध्यक्ष ओली निकटलाई महत्वपूर्ण जिम्मेवारी
banner News

एमालेमा जिम्मेवारी बाँडफाँटः अध्यक्ष ओली निकटलाई महत्वपूर्ण जिम्मेवारी

पुस ३, २०७८, ८:०४ AM
१३४ पदमा उम्मेदवारी दर्ता आज
banner News

१३४ पदमा उम्मेदवारी दर्ता आज

मंसिर २५, २०७८, ९:५० AM
संविधानको हत्या गरेर देशमा अनिष्ट ल्याउन खोजिएको छः प्रचण्ड
banner News

२०४६ सालदेखि निरन्तर अध्यक्ष

मंसिर २२, २०७८, ८:५३ AM
प्रदेश २ मा कांग्रेसको प्रदेश अधिवेशन अन्यौलमा
banner News

कार्यकर्तामा कांग्रेस धनी

मंसिर २२, २०७८, ८:४५ AM
एक वर्षमा पनि गुडेन कुर्था-जनकपुर-जयनगर रेल
पत्र-पत्रिका

रेलका लागि अध्यादेश तर छैन सञ्चालनको सुरसार

मंसिर १८, २०७८, १०:३३ AM

ताजा समाचार

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

10 months पहिले
सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

10 months पहिले
कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

11 months पहिले
‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

11 months पहिले
बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

11 months पहिले
नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

11 months पहिले

               हामी पूर्णत:कानुनी छौं                 
 सुचना विभाग दर्ता नं. :   २४१८/ ०७७-७८
कम्पनी रजिष्ट्रार दर्ता नं. : २४७०५७/०७७/०७८
राजस्व विभाग (PAN) : ६०९८४७९३८

हाम्रो बारेमा

तपेश्वरी मिडीया ग्रुप प्रा.लि.द्वारासञ्चालित
कान्तिपुर संदेश डटकम अनलाइन
ठेगाना: सप्तकोशी न.पा.-२, सप्तरी
फोन: +९७७-९८१३१८४४५४
ईमेल: kantipursandesh2@gmail.com
वेब : www.kantipursandesh.com

अध्यक्ष तथा सञ्चालकः राम नारायण राउत

हाम्रो टीम

सम्पादकः किरण कुमार चौधरी

व्यवस्थापकः सगिन्ता फतेपुरिया

समाचारका लागिः ९८१३१८४४५४

विज्ञापनका लागिः ९८४९४१५१५७

डेक्सः रेनुका चौधरी, विनिता चौधरी 

महिनारायण राउत, रबिना चौधरी

© 2020 Kantipur Sandesh

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि