Monday, July 14, 2025
Kantipur Sandesh
Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
TRENDING
युरोपा टुँडिखेल सेना उपचार बिरामी सुन गायब महासप्तमी मर्डर दशैं क्लिन फिड
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
kantipur-sandesh-kantipursandesh-News-logo
No Result
View All Result

भारतले तिरेन कोशी सम्झौता बमोजिमको कर


भारतले तिरेन कोशी सम्झौता बमोजिमको कर

विराटनगर। नेपाल र भारतबीच ६४ वर्षअघि भएको कोशी सम्झौतामा भारतले नेपाली क्षेत्रमा काम गर्दा भ्याट तिर्नुपर्ने उल्लेख छ ।

तर, कोशीको बाढी नियन्त्रणका लागि निर्माण गरिएको तटबन्धमा भएको विभिन्न ठेक्कामा नेपाली ठेकेदारले भारतीय पक्षलाई ३५ करोड भ्याट बुझाए पनि ३ वर्षदेखि उक्त रकम नेपाल सरकारलाई बुझाएको छैन ।

सम्पर्क तथा भूआर्जन कार्यालय विराटनगरले भारतको जलसंसाधन विभागअन्तर्गतको वीरपुरमा रहेको कोशी प्रोजेक्टलाई पटकपटक संकलित रकम नेपाललाई बुझाउन ताकेता गरे पनि नेपालले सो रकम प्राप्त गरेको छैन ।

सम्पर्क तथा भूआर्जन कार्यालय विराटनगरका अधिकृत सम्पर्क अधिकृत सन्तोषकुमार चोङ्वाङ लिम्बूले आर्थिक वर्ष आव० २०७५र७६ देखिको बक्यौता भारतीय पक्षले नबुझाएको जानकारी दिए ।

कोशी सम्झौता हुँदा नेपालको सप्तरी, उदयपुर र सुनसरी जिल्लाको १३ हजार ३ सय ३७ बिगाहा जमीन भारतले १ सय ९९ वर्षका लागि लीजमा लिएको छ र त्यसको रेखदेख भने नेपाल सरकारले नेपालको कानूनबमोजिम गर्ने उल्लेख छ ।२०११ साल वैशाख १२ गते भएको कोशी सम्झौतामा नेपालभित्र हुने निर्माण कार्यको कर भारतीय पक्षले नेपाललाई बुझाउनुपर्ने छ । यसमा भूमिकरसमेत पर्छ । भारतले भूमिकर तिरिरहेको भए पनि भ्याटबापतको एनसीटी ९नेपाल कन्ट्र्याक्टर ट्याक्स० संकलन गरेको तर नेपाललाई नबुझाएको लिम्बूले बताए ।

अधिकृत लिम्बूका अनुसार कोशी क्षेत्रमा भारतीय पक्षले बाषिर्क करोडौं मूल्य बराबरको निर्माण तथा मर्मत गर्ने गरेको छ । जुन उसले ठेकेदार कम्पनीलाई ठेक्कामार्फत काममा लगाउँछ । त्यसको भुक्तानी गर्दा भने १३ प्रतिशत रकम काटेर राख्ने र नेपाल सरकारको खातामा पठाउने गर्दै आएकोमा ३ वर्षदेखि विभिन्न बहाना बनाउँदै रोक्दै आएको छ ।

उनले भने, ‘ठेकेदार कम्पनीले काम गर्छन् तर काम गर्दा लागेको रकमको भ्याटचाहिँ भारत सरकारले नै काटेर भुक्तानी गर्छ । मैले ३ वर्षदेखि बारम्बार ताकेता गर्दै आएको छु तर भारतीय पक्षले चाँडै भइहाल्छ भनेर टार्ने गरेको छ ।’उनले भारतीय पक्षले अनलाइन पेमेन्ट सिस्टमबाट भुक्तानी गर्ने बताए पनि त्यसको प्राविधिक समस्या देखाउँदै रकम भुक्तानी गरिरहेको छैन । आन्तरिक राजस्व कार्यालय धरान शाखाका प्रमुख तीर्थराज बरालले परियोजनाले आव २०७४र७५ को बक्यौता २ करोड ७८ लाख ४४ हजार ४ सय ६२ रुपैयाँ, आव २०७५र७६ मा भुक्तानी गरेको बताए ।

कोशी नदीको बाँधलगायतको मर्मतको ठेक्कामा हुने भुक्तानीको अन्तःशुल्क रकम आन्तरिक राजस्व कार्यालय धरानमा बुझाउनुपर्छ । त्यस्तै सप्तरीको सप्तरीमा र उदयपुरमा भएको कामको अन्तःशुल्कको भुक्तानी तीनै जिल्लामा गर्नुपर्छ । तीनओटै जिल्लाको ३ वर्षको अन्तःशुल्क उठ्न बाँकी रकम ३५ देखि ४० करोड रुपैयाँ हुन आउने उनले बताएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कांग्रेसका पाँच सहमहामन्त्रीको मतगणना हुँदै
banner News

पदाधिकारीमा देउवाको बहुमत

पुस ३, २०७८, ८:१० AM
एमालेमा जिम्मेवारी बाँडफाँटः अध्यक्ष ओली निकटलाई महत्वपूर्ण जिम्मेवारी
banner News

एमालेमा जिम्मेवारी बाँडफाँटः अध्यक्ष ओली निकटलाई महत्वपूर्ण जिम्मेवारी

पुस ३, २०७८, ८:०४ AM
१३४ पदमा उम्मेदवारी दर्ता आज
banner News

१३४ पदमा उम्मेदवारी दर्ता आज

मंसिर २५, २०७८, ९:५० AM
संविधानको हत्या गरेर देशमा अनिष्ट ल्याउन खोजिएको छः प्रचण्ड
banner News

२०४६ सालदेखि निरन्तर अध्यक्ष

मंसिर २२, २०७८, ८:५३ AM
प्रदेश २ मा कांग्रेसको प्रदेश अधिवेशन अन्यौलमा
banner News

कार्यकर्तामा कांग्रेस धनी

मंसिर २२, २०७८, ८:४५ AM
एक वर्षमा पनि गुडेन कुर्था-जनकपुर-जयनगर रेल
पत्र-पत्रिका

रेलका लागि अध्यादेश तर छैन सञ्चालनको सुरसार

मंसिर १८, २०७८, १०:३३ AM

ताजा समाचार

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

10 months पहिले
सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

10 months पहिले
कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

11 months पहिले
‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

11 months पहिले
बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

11 months पहिले
नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

11 months पहिले

               हामी पूर्णत:कानुनी छौं                 
 सुचना विभाग दर्ता नं. :   २४१८/ ०७७-७८
कम्पनी रजिष्ट्रार दर्ता नं. : २४७०५७/०७७/०७८
राजस्व विभाग (PAN) : ६०९८४७९३८

हाम्रो बारेमा

तपेश्वरी मिडीया ग्रुप प्रा.लि.द्वारासञ्चालित
कान्तिपुर संदेश डटकम अनलाइन
ठेगाना: सप्तकोशी न.पा.-२, सप्तरी
फोन: +९७७-९८१३१८४४५४
ईमेल: kantipursandesh2@gmail.com
वेब : www.kantipursandesh.com

अध्यक्ष तथा सञ्चालकः राम नारायण राउत

हाम्रो टीम

सम्पादकः किरण कुमार चौधरी

व्यवस्थापकः सगिन्ता फतेपुरिया

समाचारका लागिः ९८१३१८४४५४

विज्ञापनका लागिः ९८४९४१५१५७

डेक्सः रेनुका चौधरी, विनिता चौधरी 

महिनारायण राउत, रबिना चौधरी

© 2020 Kantipur Sandesh

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि