सप्तरी (फत्तेपुर) । देशमा थप १ हजार ४४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ४४ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै देशमा कुल संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ।
यस्तै आज १२ सय ७१ जना डिस्चार्ज भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या भने १२ हजार १४८ रहेको छ। यस्तै अहिले ५१९ जना क्वारेन्टिन रहेका मन्त्रालयले जनाएको छ।
तपाईको प्रतिक्रिया