काठमाडौं । कोरोना भाइरस संक्रमणबाट देशमा थप १० जनाको मृत्यु भएको छ ।
आज थप १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०११ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ३ सय ३९ जना संक्रमित थपिएको छ । योसंगै कुल संक्रमितको सख्या २ लाख ६९ हजार ७ सय ८९ पुगेको मन्त्रालयले जनाएको छ । आज ४ सय १ जना संक्रमणमुक्त भएका छन् ।
आजसम्म २ लाख ६४ हजार ५ सय ३८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । आजसम्म २० लाख ४८ हजार १ सय १३ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या १३२ रहेको छ ।
तपाईको प्रतिक्रिया