काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावको गाडी कुदाउने रहले झन ठूलो दुर्घटना ल्याउने बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत उनले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनले संविधानरूपी लोकमार्गमा ठूलो पहिरो ल्याएको टिप्पणी गरेका छन् । उनले पहिलो मर्मत नगरी चुनावको गाडी कुदाउने रहले झन ठूलो दुर्घटना ल्याउने पनि बताएका हुन् ।
भट्टराईले ट्विटरमा ‘ओलीप्रतिगमनले संविधानरूपी लोकमार्गमा ठूलो पहिरो ल्याएको छ । पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठुलो दुर्घटना ल्याउनेछ । २०१४ सालमा संविधानसभाको निर्वाचन सट्टा महेन्द्रले जारी गरेको संविधान मानेर चुनावमा जॉदा बिपीले खाएको धोका नबिर्सौं ! २०१७ पछिका तुलसी गिरी,केशरजंग नबनौं !” लेखेका छन् ।
![](https://www.reportersnepal.com/wp-content/uploads/2021/01/baburam-bhattarai.png)
तपाईको प्रतिक्रिया