काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल समूहले राजधानीका विभिन्न स्थानबाट विरोध जुलुस निकालेको छ ।
प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा प्रचण्ड–नेपाल समूहले राजधानीका विभिन्न स्थानबाट विरोध जुलुस निकालेको हो ।
काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न नौ स्थानमा भेला भएर नेकपाका नेता, कार्यकर्ता तथा स्थानीय जनसमुदायले जुलुस निकालेका छन् । स्थायी कमिटी सदस्यहरुले ¥यालीको नेतृत्व गरेका छन् ।
पार्टी नेता, कार्यकर्ता, जनवर्गीय सङ्गठन, पेशाकर्मी, युवा, विद्यार्थी सम्मिलित जुलुस राजधानीका विभिन्न भाग परिक्रमा गर्दै रत्नपार्कस्थित मूल सडकमा आयोजना गरिएको विरोधसभामा परिणत हुने नेकपाले जनाएको छ ।
तपाईको प्रतिक्रिया