काठमाडौँ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना खोप नेपाललाई हस्तान्तरण गरेको छ ।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज कोरोना खोप नेपाल आजै हवाइ मार्गबाट ल्याइएको थियो । काठमाडौंमा आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई यी खोपहरु हस्तान्तरण गरिएको हो ।
भारतले उपलब्ध गराएको कोरोना बिरुद्धको खोप पहिलो चरणमा अग्रपंक्तिमा कार्यरत चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलगायत सुरक्षाकर्मी र सफाइकर्मीहरुलाई दिइने भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बताएका छन् ।
सरकारले खोप आएको सातदिनमा खोप लागाउने व्यवस्था गरेको र खोपका लागि आवश्यक कानुनी,आर्थिक र प्राविधिक तयारी पुरा भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालको ७२ प्रतिशत जनसंख्यालाइ खोप दिने तयारी सरकारले गरेको छ ।
तपाईको प्रतिक्रिया