काठमाडौं । देशभरका स्थानीय तहका सबै वडामा नेपाली कांग्रेसले आज प्रदर्शन गर्ने भएको छ ।
संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध कांग्रेसले आज देशभरका ६ हजार ७ सय ४३ वटै वडामा विरोध प्रदर्शन गर्न लागेको हो ।
प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आएको कांग्रेसले त्यसविरुद्ध चरणबद्ध विरोध प्रदर्शन गर्दै आएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले वडा तहमा हुने विरोध सभामा सहभागी हुन पार्टीका नेता तथा कार्यकर्तासहित सबैमा अपिल गरेका छन् ।
‘अब वडास्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रूपले सफल बनाउन म सबैमा हार्दिक अपिल गर्दछु,’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधानमा भएको व्यवस्था प्रतिकूल र जनभावनाविपरीत कार्यविरुद्ध नेपाली कांग्रेस एकमत छ ।’
तपाईको प्रतिक्रिया