सप्तरी । प्रदेश नं. २ मा भोली सोमबार सार्वजनिक बिदा हुने भएको छ ।
प्रदेश २ सरकारले मधेश आन्दोलन स्मृति दिवस मनाउन सोमबार सार्वजनिक बिदा दिने भएको जनाइएको छ । प्रदेश २ सरकार गठन भएपछि मधेश आन्दोलन स्मृति दिवस मनाइँदै आएको छ ।
२०६३ साल माघ ५ गते सिराहाको लहानमा विद्यार्थी रमेश महतोको गोली प्रहारबाट ज्यान गएपछि मधेश आन्दोलन उग्र बनेको थियो । यही दिनको स्मरणमा प्रत्येक वर्ष मधेश बलिदानी दिवस मनाइँदै आएको छ ।
पहिलो स्मृति सिराहाको लहानमा, दोस्रो स्मृति दिवस पर्साको वीरगञ्जमा मनाइएको थियो । यस पटकको मधेश आन्दोलन स्मृति दिवस प्रदेशको अस्थायी राजधानी जनकपुरधाममै मनाइने भएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया