सप्तरी (फत्तेपुर) । नेपाली काँग्रेसले आज देशभरका स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ ।
प्रतिनिधि सभा बिघटनलाई असंवैधानिक भन्दै काँग्रेसले आज विहान देखि अपरान्हसम्म देशभर विरोध प्रदर्शन गरेको हो । यसैक्रममा सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका-१ फत्तेपुरमा पनि काँग्रेसले विरोध प्रदर्शन गरिएको छ ।
प्रदर्शनमा बोल्दै सप्तरी जिल्ला कार्य समिति सदस्य चन्दशेखर चौधरीले ओली नेतृत्व सरकार (कम्युनिष्ट सरकार) केन्द्रमा मात्रै नभई स्थानिय तहसम्मै असफल भएको बताएका छन् ।
साथै उनले राजा शासनलाई देशबाट हटाइएझैँ सर्वसत्तावादी कम्युनिष्टको ६ सरकारलाई हटाउनु पर्ने बताएका छन् । उनले भनेका छन् ‘जसरी यस देशबाट राजा शासनलाई हटायौँ, पनचायत शासनलाई हटायौँ त्यसैगरी अबको दिनमा सर्वसत्तावादी कम्युनिष्टको ६ सरकारलाई हटाउनु पर्ने अवस्था आएको छ ।’
देशमा संकट परेको बेला काँग्रेसले आन्दोलनको अगुवाई गरेर स्थापित गरेको पनि उनले बताएका छन् । उनले भने ‘जब जब राष्ट्रमा संकटको घरी आयो तब तब यस देशमा नेपाली काँग्रेसले आन्दोलनको अगुवाई गर्यो र स्थापित गर्यो ।’ पछिल्लो समय प्रम ओलीले चालेको कदमको हल काँग्रेसले निकाल्ने उनको धारणा थियो ।
साथै अब चुप लागेर बस्नु नहुने पनि बताएका छन् । उनले भनेका छन् ‘अब हामी चु लागेर बसनु हून्न, अब हामी सर्वसत्तावादी ओली सरकार विरुद्ध एक जुट हुनुपर्छ ।’
तपाईको प्रतिक्रिया