काठमाडौं । नेपाली कांग्रेसले आज सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दैछ।
प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आज सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्न लागेको हो । यसअघि कांग्रेसले पुस १३ गते १ सय ६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो।
पार्टी सभापति शेरबहादुर देउवाले ७ सय ५३ स्थानीय तहमा शनिबार हुने विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन सबैलाई आग्रह गरेका छन्।
तपाईको प्रतिक्रिया