काठमाडौँ । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले घोषणापत्र लेख्ने भएका छन् ।
पूर्वअर्थमन्त्री समेत रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणापत्र लेख्ने भएका हुन् ।
उनले आफू पार्टी र प्रधानमन्त्रीले दिएको जिम्मेवारीमा व्यस्त रहेको बताउने गरेका छन् । संयुक्त राज्य अमेरिकाको निम्ति राजदूतमा नियुक्तिपश्चात् ओहोदाको प्रमाणपत्र पेश गर्न जाने तयारी भइरहँदा पनि आफू व्यस्त रहेको बताउने गरेको जनाइएको छ ।
उनले धुम्बाराहीस्थित निवासमा भेटघाट गर्न आएकाहरूलाई प्रधानमन्त्रीले नेकपा (ओली समूह)को चुनावी घोषणापत्र बनाउने प्रमुख जिम्मेवारी दिएकाले निकै व्यस्त छु भन्ने गरेको अर्थ मन्त्रालयमा चर्चा छ ।
तपाईको प्रतिक्रिया