काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अखिलले खोनपानी मन्त्री मणि थापालाई कालो झण्डा देखाएको छ ।
ओली समूहको पार्टी प्रशिक्षणका लागि मन्त्री थापा जाजरकोट पुगेका थिए । सोही क्रममा अखिलले मन्त्री थापालाई कालो झण्डा देखाइएको हो ।
जाजरकोटबाट नेपालगञ्ज फर्कने क्रममा मन्त्री थापालाई जाजरकोटको भेरी नगरपालिका-४ बोहरामा अखिलका कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन् । संसद् विघटन भएपछि उनी खानेपानी मन्त्री नियुक्त भएका हुन् ।
प्रचण्ड(माधव समूह छोडेका थापा ओली समूहका स्थायी कमिटी सदस्य हुन् । संसद् विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेको अखिलले सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने कार्यक्रम तय गरेको नेता सुरेन्द्र बस्नेतले बताए ।
तपाईको प्रतिक्रिया