Tuesday, July 15, 2025
Kantipur Sandesh
Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
TRENDING
युरोपा टुँडिखेल सेना उपचार बिरामी सुन गायब महासप्तमी मर्डर दशैं क्लिन फिड
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
kantipur-sandesh-kantipursandesh-News-logo
No Result
View All Result

संसद् अधिवेशनः प्रतिनिधि सभा नभए पनि राष्ट्रिय सभाले गर्न सक्छ यी छ काम


संसद् अधिवेशनः प्रतिनिधि सभा नभए पनि राष्ट्रिय सभाले गर्न सक्छ यी छ काम

काठमाडौं । प्रतिनिधि सभा विघटनपछि शुक्रवार अपराह्नबाट सुरु हुन लागेको राष्ट्रिय सभाको हिउँदे अधिवेशनमा सत्ताधारी नेकपाका नेताले प्रधानमन्त्रीको विवादमा परेको कदमबारे के बोल्छन् भन्ने विषय चासोका साथ हेरिएको छ।

संसद्को एउटा अधिवेशनको समाप्ति भएको छ महिनाभित्र अर्को अधिवेशन सुरु भइसक्नुपर्ने संवैधानिक बाध्यताबीच शुक्रवारबाट राष्ट्रिय सभाको हिउँदे अधिवेशन हुन लागेको हो। यो अधिवेशनमा सत्तापक्ष र प्रतिपक्षका नेताहरूले प्रतिनिधि सभा विघटन र जनताका समसामयिक समस्याबारे कुरा राख्ने बताएका छन्।

संविधानले प्रतिनिधि सभा नभएको अवस्थामा पनि स्थायी सदनको रूपमा राष्ट्रिय सभा रहने परिकल्पना गरेको छ। माथिल्लो सदनको नामले चिनिने ५९ सदस्यीय राष्ट्रिय सभामा प्रतिपक्षी काँग्रेसका छ र जनता समाजवादी पार्टीका तीन जना सदस्यबाहेक सबै नेकपाका सांसद छन्। बिहीवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले राष्ट्रिय सभाको सातौँ अधिवेशन अन्तर्गत पहिलो बैठकको कार्यसूची तय गरेको थियो।

यसमा राष्ट्रपति कार्यालयले पठाएका अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्र पढेर सुनाउने, समितिहरूको पुनर्गठनको आदेश पढेर सुनाउने र प्रमुख दलका नेताहरूले सम्बोधन गर्ने कार्यसूची छ। बैठकमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने नेकपा, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका एक-एक नेताले सम्बोधन गर्ने तय भएको संसद् सचिवालयका सह-प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

राष्ट्रिय सभाको बैठकमा सरकारले संसद् अधिवेशन नभएको अवधिमा जारी गरेका सातवटा अध्यादेश प्रस्तुत गर्ने कार्यसूची छ। यसमा विवादित बनेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशसहित तेजाब आक्रमणमा सजाय बढाइएको अध्यादेश, यौन हिंसा विरुद्धका केही ऐन संशोधन, फौजदारी कसुर संशोधन, नेपाल प्रहरी र प्रदेश प्रहरी समन्वयसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा र कोरोना खोप स्वीकृति दिनेबारेको औषधी अध्यादेश छन्।

प्रतिनिधि सभाबाट समेत पारित हुनुपर्ने व्यवस्थाका कारण सरकारले पेस गरेका अध्यादेशहरू पारित गर्न प्रक्रियामा जाने सम्भावना न्यून रहेको संसद् सचिवालयका अधिकारीहरूले बताए। राष्ट्रिय सभा बैठकले विगत छ महिनाको अवधिमा निधन भएका पाँच जना पूर्व सांसदहरूको निधनमा शोक प्रस्ताव पारित गर्ने तय भएको छ। विघटित प्रतिनिधि सभाका सदस्यहरू सानु शिवा, सूर्यबहादुर केसी, पूर्व सांसद ओमकारप्रसाद गौचन र राष्ट्रिय सभाका पूर्व सदस्यहरू दीपकबहादुर गुरुङ र इन्द्रहाङ लिम्बुको निधनमा शुक्रवारको संसद् बैठकले शोक प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने निर्णयपछि दुई समूहमा बाँडिएको नेकपालाई प्रतिनिधित्व गर्दै शुक्रवारको संसद् बैठकमा पूर्व माओवादी नेता दीनानाथ शर्माले सम्बोधन गर्ने तय भएको छ। शर्माले आफूलाई तटस्थ दाबी गरे पनि उनी प्रतिनिधि सभा विघटनको विरोध गरिरहेको प्रचण्ड-माधव नेपाल समूह नजिक रहेको उनीनिकट स्रोतले बतायो। तर नेकपा नेताहरू विभाजित भएर स्पष्ट दुई धारमा देखिए पनि आफूलाई सकेसम्म तटस्थ राखेर शुक्रवारको बैठकमा धारणा राख्ने शर्माले बीबीसीलाई बताए।

‘मेरो व्यक्तिगत स्वतन्त्र धारणा पनि हुन्छ, म त्यो राख्छु । मेरो संयोजनकारी भूमिका नै हुन्छ किनभने म दलको नेता पनि हँ’ उनले भने । नेकपाको एक पक्षले प्रतिनिधि सभा विघटनको विरोध र अर्को पक्षले समर्थन गरिरहेको सन्दर्भमा विघटनबारे के धारणा राख्नुहुन्छ भन्ने प्रश्नमा शर्माले भने, ‘विघटनको कुरा बेठिक छ भने बेठिक नै भन्ने कुरा हुन्छ सही छ भने पनि सही भन्ने कुरा हुन्छ। सबै माननीय सदस्यहरू दलका हुन्छन् तर दलका सदस्यहरू सरकारका विरुद्धमा र सरकारका काम कारबाहीको विरुद्धमा केही पनि बोल्न पाइँदैन भन्नु हुन्छ र त्यस्तो छ काहीँ ? त्यो लोकतान्त्रिक मूल्य मान्यता अन्तर्गत त पर्दैन।’

उनले आफ्नो सम्बोधनमा आफूलाई बेठीक लागेको कुरालाई बेठीक र सही लागेकोलाई सही भन्ने उल्लेख गरे। नेकपाको प्रचण्ड-दाहाल पक्षमा देखिएका सांसद् रामनारायण विडारीले यो बिशेष समय भएकाले र सङ्घीय संसद्मा तल्लो सदन नभएकाले यो अधिवेशन लामो समय चल्ने अवस्था गराउनुपर्ने बताउँछन्। ‘नेपाली जनताको प्रतिनिधित्व नै गराउने एवम् देशभरका राजनीतिक, आर्थिक, समसामयिक विषयमा छलफल गराउने आवश्यकता महसुस गरिएको हो भने त्यसलाई सही नियत राखेको सोच्न सकिन्छ’ सांसद् विडारी भन्छन्।

अन्यथा छ महिनाभित्र सङ्घीय संसद्को अधिवेशन बोलाउनुपर्ने भएकै कारण बोलाइएको हो र त्यहाँ सरकारको आलोचना हुन थालेमा त्यो बन्द गरिने हो भने त्यहाँ सरकारको नियत देखिनेछ। काँग्रेसले विरोध गर्ने प्रतिनिधि सभा विघटनको विरोध गर्दै सडक आन्दोलनमा उत्रिएको प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले राष्ट्रियसभाको पहिलो बैठकमै संसद् विघटनको प्रतिवाद गर्ने बताएको छ। ‘संविधान हामीले निर्माण गर्यौँ तर अहिले संविधानलाई धुजाधुजा गर्ने गरेर संसद् विघटन भयो अब विघटन असंवैधानिक छ भनेर पार्टीले नै निर्णय गरेको छ र त्यहाँ कुरा आइहाल्छ’ राष्ट्रिय सभामा काँग्रेसको सचेतक अनिता देवकोटाले भनिन्।

दलका नेता राधेश्याम अधिकारी अस्वस्थ भएपछि पार्टीको तर्फबाट नेता जितेन्द्रनारायण देवलाई धारणा राख्न भनिएको छ। काँग्रेसले प्रतिनिधि सभा विघटनको विरोध गरे पनि संसद् अवरोध लगायतका विरोध भने नगर्ने देवकोटाले बताइन्। कानुन बनाउन नसक्ने सभा प्रतिनिधि सभाको अनुपस्थितमा राष्ट्रिय सभा एक्लैले कानुन बनाउन नसक्ने संवैधानिक प्रावधान छ।संविधानले कुनै पनि विधेयकहरू संसद्को दुवै सभाबाट पारित हुनुपर्ने व्यवस्था गरेका कारण राष्ट्रिय सभाले मात्रै पारित गरेर विधेयकहरू ऐन बनाउन सक्ने हुँदैन, प्रतिनिधिसभालाई पर्खनै पर्ने हुन्छ।-बीबीसी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन
banner News

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

अशोज २, २०८१, २:०७ PM
सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार
banner News

सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

अशोज १, २०८१, ११:५३ AM
कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन
banner News

कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

भदौ १५, २०८१, २:४५ PM
‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’
banner News

‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

भदौ १५, २०८१, २:२१ PM
बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी
banner News

बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

भदौ १५, २०८१, ९:४३ AM
नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या
banner News

नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

भदौ १५, २०८१, १२:०० AM

ताजा समाचार

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

10 months पहिले
सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

10 months पहिले
कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

11 months पहिले
‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

11 months पहिले
बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

11 months पहिले
नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

11 months पहिले

               हामी पूर्णत:कानुनी छौं                 
 सुचना विभाग दर्ता नं. :   २४१८/ ०७७-७८
कम्पनी रजिष्ट्रार दर्ता नं. : २४७०५७/०७७/०७८
राजस्व विभाग (PAN) : ६०९८४७९३८

हाम्रो बारेमा

तपेश्वरी मिडीया ग्रुप प्रा.लि.द्वारासञ्चालित
कान्तिपुर संदेश डटकम अनलाइन
ठेगाना: सप्तकोशी न.पा.-२, सप्तरी
फोन: +९७७-९८१३१८४४५४
ईमेल: kantipursandesh2@gmail.com
वेब : www.kantipursandesh.com

अध्यक्ष तथा सञ्चालकः राम नारायण राउत

हाम्रो टीम

सम्पादकः किरण कुमार चौधरी

व्यवस्थापकः सगिन्ता फतेपुरिया

समाचारका लागिः ९८१३१८४४५४

विज्ञापनका लागिः ९८४९४१५१५७

डेक्सः रेनुका चौधरी, विनिता चौधरी 

महिनारायण राउत, रबिना चौधरी

© 2020 Kantipur Sandesh

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि