काठमाडौं । नेपालको संविधानबमोजिम राष्ट्रियसभाको अधिवेशन यही पुस १७ गते हुने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम राष्ट्रियसभाको अधिवेशन यही पुस १७ गते आह्वान गरेकी हुन् ।
राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत संविधानको धारा ९३ को उपधारा १ बमोजिम अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा शुक्रबार अपराह्न ४ बजे बैठक बस्ने जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया