सप्तरी (फत्तेपुर) । पोर्ताहामा सवारी दुर्घटना हुँदा एक बालिका गम्भिर घाइते भएकी छन् ।
सप्तरी जिल्लाको हनुमाननगर कंकालीनी नगरपालीका-३ पोर्ताहामा ना४ ख३७३३ नम्बरको तल ट्याङकरले साइकललाई ठक्कर दिएको हो ।
तल ट्याङकरको ठक्करबाट स्थानिय देबु दासकी १५ वर्षिय छोरी (लक्षमी कुमारी दास) गम्भिर घाइते भएकी कान्तिपुरसन्देश अनलाइन मिडीयाका रिपोटर विष्णु राउतले जानकारी दिए ।
उनका अनुसार गम्भिर घाइते भएकी लक्षमीलाई उपचारका लागि न्युरो हस्पिटल विराटनगर लगिएको छ । ठक्कर दिने तेल ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ भारदह इलाका प्रहरी कार्यालयमा राखिएको छ ।
यस सवारी दुर्घटनालाई लिएर स्थानियहरु आक्रोशित बनेका छन् । आक्रोशित स्थानियहरुले चक्का जाम गरेका छन् । हाल त्यहाँको अवस्था तनावपूर्ण भएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया