काठमाडौं । नेता टोपबहादुर रायमाझीले संसद विघटन केपी शर्मा ओलीको बाध्यात्मक कदम भएको बताएका छन् ।
रायमाझीले आफ्नै पार्टीबाट बारम्बार असहयोग भएपछि र अविश्वासको प्रस्ताव दर्ता गराएपछि ओली बाध्य भएर संसद विघटन गरेको बताएका हुन् ।
आज ९बुधबार० एक विशेष साक्षात्कारमा बोल्दै नेता रायमाझीले संसद विघटन गरेर प्रम ओलीले नयाँ जनादेशको लागि चुनावमा जाने घोषणा गर्दै मिति तोकेको स्पष्ट पारेका छन् ।
उनले सरकारलाई बरु प्रमुख प्रतिपक्षी दलबाट समेत असहयोग नभएको अवस्थामा नेकपाकै केही साथीहरुले हातखुट्टा बाँध्ने काम गरेको गम्भीर आरोप लगाए । उनले भने–‘हाम्रो पार्टीमा चर्को विवाद सिर्जना भयो । मुख्यगरि प्रधानमन्त्री ओलीलाई काम गर्ने वातावरण भएन् । हातखुट्टा बाँध्ने काम भयो ।’
तपाईको प्रतिक्रिया