सप्तरी (फत्तेपुर) । हाल गण्डकी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
देशभर तापक्रममा गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन साथै पहाडका केही भू–भागहरुमा हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष ७ गते (मंगलबार)
दिउँसो : प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, र कर्णाली प्रदेशका भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष ८ गते (बुधबार)
दिउँसो : प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका अधिकांश भू(भागमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आँशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च हिमली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
पौष ९ गते (बिहिबार)
दिउँसो : देशका पहाडी भू–भागमा आँशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : देशभर मौसम सामान्यतया सफा रहनेछ।
तपाईको प्रतिक्रिया