काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा विरोध प्रदर्शन हुँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरी आउँदो वैशाख १७ र २७ गतेका लागि चुनाव घोषणा गरेपछि राजनीतिक संकट उत्पन्न भएको भन्दै विरोध भइरहेको हो ।
तीन वर्ष पहिले भएको चुनावमा झण्डै दुई तिहाई बहुमत पाएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्रको आन्तरिक कलहका कारण प्रधानमन्त्री ओलीले आइतबार संसद विघटनको निर्णय गरेका हुन् । त्यसको विरोधमा सत्तारुढ नेकपाकै असन्तुष्ट पक्षसहित प्रतिपक्षी नेपाली कांग्रेस, जनता समाजवादी पार्टीसहितले आन्दोलनको घोषणा गरेका छन् ।
यसैगरि आफूलाई वैकल्पिक शक्तिका रुपमा स्थापित गर्ने दाबी गर्दै आएको विवेकशील साझा पार्टीसहितका दलहरु पनि विरोधमा छन् । आइतबारदेखि नै विरोध प्रदर्शन सुरु भएकोमा सोमबार काठमाडौँसहित देशका विभिन्न स्थानमा संसद विघटन विरुद्ध प्रदर्शनसहितका आन्दोलनका कार्यक्रम हुँदै छन् ।
तपाईको प्रतिक्रिया