काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नयाँ बानेश्वरमा भव्य प्रदर्शन भएको छ ।
नेपाली कांग्रेसका युवा नेता गगन थापाको निर्देशनमा प्रधानमन्त्री ओलीविरुद्ध नयाँ बानेश्वरमा (होटल एभरेष्ट अगाडी) भव्य प्रदर्शन भएको हो । संसद विघटन गरेको प्रती विरोध जनाउँदै प्रर्दशन गरिएको जनाएको छ ।
त्यस्तै, ओलीको आफ्नै पार्टीका नेता तथा कार्यकर्ताहरु पनि प्रदर्शनमा उत्रिएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाका नेता तथा कार्यकर्ताले आज देशव्यापी रुपमा विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा ओलीईतर समूहका नेता तथा कार्यकर्ता सहभागी रहेको थियो । माइतीघरमा निकालिएको प्रदर्शनमा उत्रिएका नेकपा नेता, कार्यकर्ताहरुले ‘संसद विघटनको असंवैधानिक कदम खारेज गर’ लगायतका नारा लगाएका थिए।
तपाईको प्रतिक्रिया